नेपाल व्यापार संघको अध्यक्षमा हरि बहादुर गौतमको उम्मेदवारी

image आँखा सम्बाददाता बुधबार, श्रावण ४ २०७९
image

श्रावण ४ काठमाण्डौ । नेपाल व्यापार संघको आगामी नेतृत्वका लागि हरि बहादुर गौतमले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ  । 
निर्वतमान उपाध्यक्ष समेत रहनुभएको उहाँले अध्यक्षको दावी रहेको बताउनु भयो  । कोभिड पछाडी व्यवसायमा देखिएको समस्या तथा व्यवसायीहरुले भोगेका समस्या समाधानका लागि जित पछि आफु लागि पर्ने आँखा डटकम सग्ाँ बताउनु भयो । 
राज्यले फुटपात व्यवसायको सन्दर्भमा लिएको रणनीति र फुटपात व्यवसाय लाई बैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्न समेत उहाँले भुमिका खेल्ने बताउनु भएको छ । 
भन्सारमा वस्तुको बास्तबिक मुल्याकन राज्यले निर्धारण गर्नु पर्ने बताउदै उहाँले , सबै किसिमका व्यवसायीहरुको रोजिरोटी र व्यवसायको सुनिश्चितताको लागि आफनो उम्मेद्धारी रहेको समेत स्पष्ठ पार्नु भयो । 
राज्यले साना तथा मझौला व्यवसायीका समस्या समाधानका लागि सोेही व्यवसाहीसगँ सल्लाह लिन सक्नु पर्ने धारणा समेत राख्नु भयो । साना तथा मझौला व्यवसायीका समस्या समाधानका  लागि आफूले निरन्तर लागिरहेको भन्दै यसलाई थप मर्यादित बनाउनका लागि  आफूले नेतृत्वमा दाबी गरिरहेको बताउनु भयो । 
निर्वाचन आगामी श्रावण १४ गते काठमाण्डौमा हुदै छ ।