ताजा समाचार

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने

news

यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले आगामी महासभामा पेश गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ । यस पटकको राष्ट्रसङ्घको महासभा सेप्टेम्बर महिनामा बस्दैछ ।

१ घण्टा अगाडी

प्रदेश नं १ प्रदेशसभा : नीति तथा कार्यक्रम बहुमतले पारित

news

प्रदेश नं १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आजको बसेको बैठकमा वार्षिक नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ ।

१३ घण्टा अगाडी

बडिगाड गाउँपालिका : बाढीले आठ परिवार विस्थापित

news

अबिरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका—७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले आठ घरपरिवार विस्थापित भएपछि उहाँहरु अहिले आफन्त र गोठमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।

१३ घण्टा अगाडी

लोक सेवालगायत संवैधानिक आयोगका नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट

news

संवैधानिक परिषद्को वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक आयोगमा गरेका नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

१३ घण्टा अगाडी

काठमाण्डौमा लकडाउन खुकुलो : एक हप्ता निषेधाज्ञा थप

news

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

१४ घण्टा अगाडी

कोरोना कहरमा रगत अभाव हुन नदिन मिर्चैयामा रक्तदान

news

सिरहा । सिरहाको मिर्चैयामा युवाहरुले रक्तदान कार्यक्रम गरेका छन् । स्थानीय जनसेवा युवा क्लबले शनिबार मिर्चैयास्थित कटारी चोकमा रक्तदान कार्यक्रम गरेको हो ।

१ दिन अगाडी

बुद्धशान्तिको आइसोलेसन सेन्टरलाई शिवाकोटी परिवारको ५१ हजार सहयोग

news

बुधबारे, जेठ २९ । झापा बुद्धशान्ति-२ को शिवाकोटी परिवारले बुद्धशान्ति गाउँपालिकाले संचालनमा ल्याएको आइसोलेसन सेन्टरलाई नगद ५१ हजार १ सय ५ रूपैयाँ र १० प्याकेट मास्क प्रदान गरेको छ ।

१ दिन अगाडी

"शुभ दिन ,शुभ कार्य"अभीयान अन्तर्गत वीरता लेडी जेसीजद्वारा फलफूल वितरण

news

वीरता लेडी जेसीजले आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई फलफूल बितरण गरेको छ।

१ दिन अगाडी

रगत अभावलाइ पूर्ति गर्न नेरेसो दुहागढी उपशाखा द्धारा रक्तदान कार्यक्रम , ५५ जनाले गरे रक्तदान

news

दुहागडी २९ जेठ / कोरोना महामारी संगै रगत अभाव भइरहेको अवस्थामा झापाको दुहागडीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

१ दिन अगाडी

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा

news

यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।

१ दिन अगाडी

Breaking News : गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

news

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

१ दिन अगाडी

गण्डकी प्रदेश प्रमुखको कार्यालयबाहिर विपक्षी गठवन्धनको धर्ना

news

गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी नेपाली कांग्रेसको नेतृत्वमा विपक्षी गठवन्धनले धर्ना दिएको छ । प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी गठवन्धन विरोधमा उत्रेको हो ।

१ दिन अगाडी

प्रेस काउन्सिलले राउटे युवतीमाथि दुर्व्यवहार घटनाको छानविन गर्ने

news

नेपाल प्रेस काउन्सिलले सुर्खेतमा राउटे युवतीमाथी भएको यौन दुर्व्यवहारको घटनाको छानविन गर्ने भएको छ । युटयुबमा आएको सामग्रीलाई सुक्ष्म तरिकाले छानबिन गर्ने भएको छ ।

२ दिन अगाडी

प्रधानमन्त्री माथि भयानक षडयन्त्र हुँदै रहेछ : बाँस्कोटा

news

यो अभिव्यक्ति लगत्तै बाँस्कोटाले शुक्रबार ट्वीटरमार्फत यस्तो लेख्नुभको छ ‘केपी ओली नमारे काँग्रेस नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ?’

२ दिन अगाडी

नेपाली काँग्रेसद्धारा गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस

news

नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल काँग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दाबी पेस गर्न प्रदेश प्रमुख समक्ष गएका हुन् ।

२ दिन अगाडी

साबिक जिविसमा रोक्का राखिएका सबै खाताहरू फुकुवा

news

महालेखा नियन्त्रक कार्यालयले साविक जिल्ला विकास समितिमा रहेको विभिन्न कोषका रकमहरूमध्ये हाल रोक्का राखिएका सबै खाताहरू फुकुवा गरेको छ ।

२ दिन अगाडी

महाधिवेशनबारे निर्णय लिन देउवाले बोलाए बैठक

news

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले शनिबार (भाेली) पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

२ दिन अगाडी

संविधान फेल गर्ने ग्राण्ड डिजाइन छ : डा. बाबुराम भट्टराई

news

डा. भट्टराईले भने, ‘सरकारले चुनाव घोषणा गरेको छ । तर, चुनाव गर्ने यसको नियत छैन । चुनाव गर्न चाहेको भए यसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश जारी गर्दैन ।’

२ दिन अगाडी

आजदेखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रबेश

news

बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ ।

२ दिन अगाडी

मन्त्रीसँग मतभेद उत्पन्न भएपछि नेपाल वायुसेवा निगमका अध्यक्षले दिए राजीनामा

news

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्री उमाशङ्कर अरगरियासँग मतभेद उत्पन्न भएपछि अध्यक्षले राजीनामा दिएको वायुसेवा स्रोतले बताएको छ ।

२ दिन अगाडी