उपचुनावमा सेना परिचालन हुने

image आँखा समाचारदाता बिहीबार, बैशाख १३ २०८१
image

भद्रपुर,१३ बैशाख । इलाम २ र बझाङ प्रदेशसभा १(१) मा हुन लागेको उपचुनावमा सेना परिचालन हुने भएको छ । १५ वैशाखमा हुने चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । 

सुरक्षा परिषद् बैठकले सेना परिचालन गर्ने सिफारिस गरेअनुसार मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष स्वीकृति मागेको थियो । मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्रानुसार सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति दिएको राष्ट्रपति भवन शीतलनिवासले जनाएको छ । 

चुनावका लागि प्रचारप्रसारको काम सकिएको छ । अहिले मौन अवधि जारी छ । निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी भइसकेको बताएको छ ।