२०७९ असार १०/ देशकै सबैभन्दा होचो स्थान रहेको झापाको कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । आज आयोजित दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।
१० दिन अगाडीसन् २०२२ का लागि दक्षिण एसियाली क्षेत्रमा ७.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने यसअघिको प्रक्षेपणलाई ०.८ प्रतिशत बिन्दुले घटाएर ६.८ प्रतिशत कायम गरेको छ । आर्थिक वृद्धिदर घट्ने अनुमानका पछाडि बाह्य क्षेत्रलाई मुख्य कारण मानिएको छ । बढ्दै गएको चालु खाता घाटा, खाद्यान्न लगायत उपभोग्य सामग्रीको मूल्य वृद्धिजस्ता कारणहरुलाई चुनौतीका रुपमा हेरिएको छ । त्यस्तै कृषि क्षेत्रमा रासायनिक मलको अभाव, गहुँलगायत खाद्यान्न वस्तुहरुको आपूर्तिमा अवरोध, ऊर्जा संकटजस्ता कारणले आर्थिक वृद्धिदर कम हुने ठानिएको छ । सन् २०२३/२४ मा भारतले भने ७.१ प्रतिशत आर्थिक वृद्धि कायम गर्ने अनुमान गरिएको छ । त्यसैगरी बंगलादेशले ६.९, भुटानले ६.७ र पाकिस्तानले ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सको हुने अनुमान गरिएको छ । माल्दिभ्सले सन् २०२२ मा ७.७, २०२३ मा १०.२ र २०२४ मा ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ ।नेपाल, पाकिस्तान र श्रीलंकाले भोगिरहेको विदेशी मुद्रा सञ्चितिको चापलाई पनि यस क्षेत्रको आर्थिक वृद्धिदर न्यून हुनुमा चुनौतीका रुपमा हेरिएको छ ।
२७ दिन अगाडीसरकारले जलवायु परिवर्तन राष्ट्रिय अनुकूलन योजना र शून्य कार्वन उत्सर्जन रणनीति प्रभावकारीरूपमा कार्यान्वनय गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत आव २०७९/८० को बजेट भाषणमा नेपालको भू–बनोट जलवायु परिवर्तनका कारणबाट सिर्जित प्रतिकूल प्रभावको असरलाई न्यूनीकरण गर्दै विपद्का कारण हुने मानवीय र भौतिक क्षति कम गर्न प्रदेश र स्थानीय तहको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
१ महिना अगाडीकाठमाडौं- संघीय संसद्को प्रतिनिधि सभाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । हिजो बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो ।आज संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।
१ महिना अगाडी