यहाँको बडिकेदार गाउँपालिकामा अपाङ्गता भएका २७ व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । बडिकेदार गाउँपालिकाको लक्षित वर्ग जीविकोपार्जन कार्यक्रमअन्तर्गत ती बाख्रा वितरण गरिएको हो । बडिकेदार गाउँपालिकाको आर्थिक सहयोग र मोहन्याल दृष्टिविहीन तथा अपाङ्गता सेवा समाजको आयोजनामा बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।
१० दिन अगाडीबाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने गरेको देख्न पाउँछौँ तर नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पहाडी गाउँमा महिलाको दैनिकी नै डोको–डालो बुन्ने र ती सामग्रीको बिक्रीबाट भएको आम्दानीले घर खर्च चलाउने भएको छ । यस क्षेत्रको गाउँभरिका महिलाले डाको–डालो बुन्ने गरेका छन् ।
१ महिना अगाडीव्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै गएको छ ।
२ महिना अगाडीगाउँघरका कृषक व्यावसायिक रुपमा रिठ्ठा खेतीप्रति वर्षेनी आकर्षित हुँदै जान थालेको मगर उहाँले जानकारी दिनुभयो । आफूले गाउँमा व्यावसायिक रिठ्ठा खेती शुरु गरेपछी छिमेकका १० घर गाउँलेले पनि शुरु गरेको मुर्कुचीका मगर बताउनुभयो । यता जिल्लाका कृषकले चौदण्डी नगरपालिकाको सावा सिद्धीपुर क्षेत्रमा व्यापक रुपमा व्यावसायिक रिठ्ठा खेती शुरु भएको र कृषकले वार्षिक रु ५० हजारदेखि डेढ लाखसम्मको रिठ्ठा उत्पादन गरेर बिक्री गर्न शुरु गरेका छन् ।
३ महिना अगाडीन्युरोडस्थित पिपुल्स प्लाजाको तेस्रो तलामा पुगेपछि भेटिन्छ, थ्रिकम । बिग्रिएका ल्यापटप, मोबाइल र हार्ड डिस्क बनाउने केन्द्रका रुपमा परिचित थ्रिकम अन्य रिपेयरिङ सेन्टर भन्दा एकदमै फरक र नौलो छ । ब्यस्तताले तपाई यहाँसम्म आउन सक्नु भएन भने थ्रिकमले सामानहरू फ्रि पिकअप र फ्रि डेलिभरीको सुविधा पनि प्रदान गर्दै आएको छ ।
५ महिना अगाडीआफूले उत्पादन गरेको दूध आफ्नै डेरीबाट बिक्री वितरण गर्नुहुन्छ । सुरुका दिनमा श्रीमान र बालबच्चा मिलेर गोठको काम गर्ने गरेको अनुभव सुनाउदै पार्वतीले भन्नुभयो । ‘अहिले त फर्ममा छ जना कामदार छन् । कामदारलाई अराई सिकाई गर्छु । आफुले पनि गोठको काम गर्छु । बिहान ५.०० बजे उठेपछि राति नसुत्दासम्म व्यस्त हुन्छु । अनावश्यक रुपमा हिँड्ने फुर्सदै हँुदैन । मलाई त गाईको काम गर्न खुशी लाग्छ । यिनैसँग मलाई रमाईलो लाग्छ । ’
६ महिना अगाडीउनी हरेक दिन बिहान साढे तिन बजे उठेर डुनोट पकाउन थाल्छन् र बिहान पाँच बाजे तीरको झिसमिसेमा अडर पुर्याउन साइकलमा लिएर निस्कन्छन् । उनी अर्डर पुर्याएर नफर्कीउन्जेल उनको छोराले पसलमा बसिदिएर सघाउछन् र उनी फर्किए पछि छोरा स्कुल जान्छन् । यसरी दैनिक जसो उनीले चालिस देखि पचास ठाउँमा डुनोट बेच्न पुग्छन् ।
६ महिना अगाडीसंसारमा सबैभन्दा महत्वपूर्ण चिज भनेकै समय हो । किनकि समय एक पटक गुमेपछि फेरि कहिले फर्केर आउँदैन । समयलाई रोक्न र छेक्न सकिदैन न त यसलाई किन्न नै सकिन्छ । त्यसैले पनि समयको ठूलो महत्व रहेको हुन्छ । नारी–पुरुष, धनी–गरीब, राजा–रङ्क, कालो–गोरो, अग्लो–होँचो सबैका लागि एक दिनमा २४ घण्टा नै प्राप्त हुन्छ । सबैका लागि समय समान रुपमा उपलब्ध रहे पनि कोही समयको सही उपयोग गरी सफलताको चुचुरो चुम्ने गर्दछन् भने कोही ठीक समयमा ठीक निर्णय एवम् कार्य गर्न नसक्दा दुःखी जीवन विताउन बाध्य हुन्छन् । त्यसैले पनि समय–व्यवस्थापनको विषय आज व्यवस्थापनका सन्दर्भमा औधि लोकप्रिय बनेको हो ।
६ महिना अगाडी