अन्तर्राष्ट्रिय

बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

news

माओ तुन साहित्य पुरस्कार विजेता ल्यु चेनयुन, गे केइ र अनलाइन साहित्य लेखक थान्जिया सानसाओसहित चिनियाँ प्रतिनिधि लेखक÷साहित्यकार, चीन पब्लिसिङ्ग गु्रप, पिपुल्स लिटरेचर पब्लिसिङ्ग हाउस, पिपुल्स लिटरेचर पत्रिका, राइटर्स पब्लिसिङ्ग हाउसका प्रतिनिधि, अन्य प्रकाशन संस्थाका प्रतिनिधिका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत समारोहमा सहभागिता थियो ।

२० दिन अगाडी

विश्वमा आजः हेगमा फ्रोन्सली दूतको अपहरणदेखि ओस्लो सम्झौतामा हस्ताक्षर

news

सन् १९९३ मा ओस्लो सम्झौतामा हस्ताक्षर भएको थियो  । सम्झौतापछि प्यालेस्टेनमा अन्तरिम सरकार तथा प्यालेस्टिनी राष्ट्रिय निकाय (पीएनए) को स्थापना भएको थियो । त्यस्तै, सो सम्झौताअनुसार वेस्ट वैंक तथा गाजाबाट इजरेली फौज स्वदेश फर्किएको थियो । 

१ महिना अगाडी

तालिवानद्वारा प्रदर्शनमा उत्रिएका चार जनाको हत्या, हिंसा रोक्न राष्ट्रसंघको माग

news

अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न तालिवान लडाकुले कोर्रा, ढुंगा र बन्दूक समेत प्रयोग गरेका छन् । तालिवानको आक्रमणमा हालसम्म चार प्रदर्शनकारीको ज्यान गएको राष्ट्रसंघले जनाएको छ । 

१ महिना अगाडी

विश्वमा आजः इथोपियामा कु देखि जर्मनीमा मुसोलिनीको उद्दार

news

सन् १९४३ मा हिट्लरको आदेशमा जर्मनीको सेनाले हवाई छापा मारेको थियो । अपरेसन इची नाम दिइएको सो हवाई छापाको उदेश्य एउटा रिसोर्टबाट इटालेली तानाशाह बेनिटो मुसोलिनीको उद्दार गर्नु थियो । इटालीका तत्कालिन राज भिक्टोर इम्यानुअल तृतीयको आदेशमा उनलाई त्यहाँ नियन्त्रणमा लिइएको थियो । ग्लाइडरहरुको प्रयोगमा जर्मनी सेना सो रिसोर्टमा प्रवेश गरी मुसोलिनको उद्दार गरेको थियो ।

१ महिना अगाडी

अफगानिस्तानका पूर्व राष्ट्रपति गनीले मागे माफी

news

अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् । तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति गनी भागेर संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका थिए । देश छोडेर गएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गनीको आलोचना भइरहेका बेला उनले एक विज्ञप्ति निकालेर माफी मागेका हुन् ।  

१ महिना अगाडी

एमसिसी उपाध्यक्ष फतिमा नेपाल आउँदै : राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा

news

राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ  । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो । उनी कतारबाट आज काठमाडौं आउँदैछिन् ।

१ महिना अगाडी

गोर्खाको माग सम्बोधन गर्न प्रारम्भिक बैठक सम्पन्न

news

भूपू गोर्खाहरूले राख्दै आएको समान पेन्सनलगायत माग सम्बोधनका लागि बेलायत सरकारको सक्रियतामा बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ । लण्डनस्थिति नेपाली दूताबासमा संयुक्त अधिराज्यका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनबीचको बैठक सम्पन्न भएको हो ।

१ महिना अगाडी

तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड डलर सहयोग घोषणा

news

इस्लामावादमा आयोजित सो वैठकमा चीन, पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तानका विदेशमन्त्रीहरुको सहभागीता थियो । यी सबै देश अफगानिस्तानका छिमेकी मुलुक हुन् । अफगानिस्तानप्रति सहानुभूती राख्ने अर्को छिमेकी मुलक रसिया भने वैठकमा सहभागी भएन् ।

१ महिना अगाडी

विश्वमा आजः उत्तर कोरियाको स्थापनादेखि ताजिकिस्तानको स्वतन्त्रता

news

सन् २०१५ मा वेलायती महारानी एलिजावेथ द्धितीय बेलायती राजतन्त्रको इतिहासमा सर्वाधिक बढी गद्दीमा बस्ने व्यक्ति बनेकी थिइन् । सोही वर्षको सेप्टेबर ९ मा उनले महारानी भिक्टोरियाको रेकर्ड तोडेकी थिइन् । सन् १८३७ को २० जुनमा राजगद्दी आरोहण गरेकी भिक्टोरियाले ६३ वर्ष सात महिना दुई दिनपछि राजीनामा दिएकी थिइन् । 

१ महिना अगाडी

अफगानिस्तानमा तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार

news

इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको पुष्टि गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरुले काबुलबाटै पक्राउ गरेर लगेका छन् ।”

१ महिना अगाडी

कारागारमा आगो लाग्दा ४१ बन्दीको जलेर मृत्यु

news

इन्डोनेसियाको एउटा कारागारमा आगो लाग्दा कम्तिमा ४१ बन्दीको मृत्यु भएको छ । आगोलागीमा दर्जनौं घाइते भएका छन् । बुधबार बिहान राजधानी जार्काताबाट केही किलोमिटर टाढा रहेको तंगराङ कारागारको एउटा ब्लकमा अकस्मात आगो लागेको थियो । आगो लागेको समयमा अधिकांश बन्दीहरु सुतिरहेका थिए । 

१ महिना अगाडी

अस्पतालमा बाढी पस्यो, १७ बिरामीको मृत्यु

news

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रादरले बिरामीको मृत्युबाट दुःखित भएको बताए । बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने सर्वसाधरणलाई सुरक्षित क्षेत्रतर्फ जान उनले आग्रह गरेका छन् । अत्यधिक बाढीका कारण सो राज्यका गर्भनर बोकेको एउटा डुंगा डुबेको थियो ।

१ महिना अगाडी

अधिकार माग्दै राष्ट्रपति भवनतर्फ बढेका महिला प्रदर्शनकारीलाई तालिवानले बन्दूकको कुन्दाले हिर्काए

news

प्रदर्शनकारी महिला सोरयाका अनुसार तालिवानले केहीलाई बन्दूकको कुन्दाले हिर्काएर रक्ताम्य बनाएका थिए । महिलाले हेरात प्रान्तमा पनि प्रदर्शन गरेका थिए । उनीहरुले काम गर्न पाउने अधिकार र तालिवान सत्तामा आफ्नो सहभागिताको सुनिश्चतताको माग गरेका थिए । 

१ महिना अगाडी

इराकमा १२ नेपालीकाे हत्या भएको १७ वर्ष पूरा

news

ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पुर्‍याएको थियो । घटना लगत्तै काठमाडौंलगायत देशका मुख्य सहरका म्यानपावर कम्पनी, सरकारी कार्यालयसँगै खाडी मुलुकका दूतावासमा नेपालीले आक्रण गरेका थिए ।

१ महिना अगाडी

विदेशी मुलुकमा अमेरिकाले सैनिक शक्तिको प्रयोग नगर्ने

news

२० वर्ष लामो युद्धको अन्त्य गर्दै अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि मंगलबार ह्वाइटहाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित नभएर एक युगको अन्त्य भएको बताएका हुन्।

१ महिना अगाडी

चीनले बालबालिकाको अनलाइन खेलको समयमा व्यापक कटौती

news

अनलाइन खेलका कारण बालबालिकालाई पठनपाठनमा समय नदिने समस्या भएको, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरो पन विकास भएको लगायतका गुनासा बढ्दै गएपछि अनलाइन खेलका लागि विश्वकै सबैभन्दा विशाल बजारका रूपमा लिइने चीनका प्राविधिकहरूले प्रशासनको दबाबमा यो निर्णय गरेका हुन् ।

१ महिना अगाडी

अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्णरुपमा फिर्ता : २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्यको घोषणा

news

अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडे लगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गन मार्फत गोली चलाएर खुसीयाली मनाएको बिबिसीले जनाएको छ ।

१ महिना अगाडी

अमेरिकाको लुइजियानामा ‘विनाशकारी’ आइडा आँधी

news

अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको छ।

१ महिना अगाडी

अफगानिस्तानको विमानस्थलबाहिर विस्फोट हुँदा ६० भन्दा बढीको मृत्यु

news

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् । ‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,’ उनले भने । उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे ।

१ महिना अगाडी

इस्माइल साब्री याकोब मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त

news

मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेको दरबार श्रोतले जानकारी गराएको छ । संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उनी सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बनेका छन्।

१ महिना अगाडी