व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवद्र्धन र वैदेशिक लगानी आकर्षण गर्न चेम्बर एक्स्पो आयोजना गरिएको जानकारी दिनुभयो । “मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनमा नयाँ आयम थपिने विश्वास लिएका छौँ”, अध्यक्ष चाकुबजीले भन्नुभयो ।
१ महिना अगाडीपछिल्लो समय धेरैजसाे अभिभावकको चिन्ताको विषय हुने गरेको छ आफ्ना बालबालिकाले धेरै समय मोबाइल चलाउने। बालबालिकालाई मोबाइलमा बानी बसाल्ने भूमिका अभिभावकले नै खेलेका हुन्छन्। सुरुमा अभिभावकले नै बालबालिकालाई फकाउन तथा खुशी बनाउने नाममा मोबाइल चलाउन दिएका हुन्छन्। तर पछि त्यही बानी समस्या बन्न जान्छ। सानै उमेरमा बालबालिका मोबाइल देखेर खुशी भए तथा दंग परेर भनेर चलाउनु दिनु घातक हुनसक्छ।
१ महिना अगाडी‘राजद्रोही राजनेता’ हेरेपछि पूर्वमुख्यसचिव लीलामणि पौडेलले इतिहास संरक्षणमा यस्ता वृत्तचित्रले महत्वपूर्ण काम गर्ने बताउनुभएको छ । ‘राजद्रोही राजनेता’ प्रजातन्त्र दिवसको अवसर पारेर फागुनको अन्तिम दिन आज सिटी सेन्टरमा प्रदर्शन सुरु गरिने फाउन्डेसनले जनाएको छ । प्रदर्शनीमा नेपाली कांग्रेसका नेताहरुको सभागिता रहने जनाइएको छ ।
३ महिना अगाडीकाठमाडौं । नेपालमा पहिलोपटक डिजिटल भिसा प्रणाली लागू भएको छ । ४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै गृहमन्त्री विष्णु पौडेलले डिजिटल भिसा प्रणालीको शुभारम्भ गरेका हुन् । आज अध्यागमन विभागमा आयोजित कार्यक्रममा गृहमन्त्री पौडेलले क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गर्दै पोर्चुगलका नेपाली मूलका नागरिक तेन्जिङ नोर्बु लामालाई भिसा प्रदान गरेका छन् । क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्युटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाइ गर्ने हुँदा त्रुटि हुने सम्भावना कम हुन्छ । सँगै सेवा प्रबाह पनि छिटो छरितो हुने अध्यागमन विभागले जनाएको छ । अब नेपालको भिसा अन्तरर्राष्ट्रिय मापदण्ड अनुसारको हुनेछ । यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने विभाग योजना छ । डिजिटल भिसा शुभारम्भ कार्यक्रममा गृहमन्त्री पौडेलले नेपालको भिसा अन्तर्राष्ट्रियस्तरको भएको भन्दै यसले देशको राष्ट्रिय सुरक्षामा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
१ बर्ष अगाडी