त्यस्तै अहिले दाङमा डिएपी मल केही मात्रामा पाइए पनि युरिया मल भने जिल्लामै नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अहिलेको अवस्थामा दाङलगायत देशैभरि युरिया मलको अभाव छ तर साल्टट्रेडिङ कर्पोरेशनबाट युरिया र डिएपी मल ल्याउने प्रक्रिया भइरहेको उहाँले बताउनुभयो । असारको पहिलो सातासम्म मल आउन सक्ने उहाँले बताउनुभयो ।
१ महिना अगाडीबालीनालीमा मात्रै होइन पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नुपरेको किसानको गुनासो छ । “घाँसमा पनि विषादी नहाल्ने हो भने बोट मर्ने र छिटो ओइलाउने हुन थाल्यो, मैले त घाँसमा पनि विषादीको प्रयोग गर्ने गरेको छु”, कृषक तीर्थ सापकोटाले भन्नुभयो । कृषि प्राविधिकका अनुसार जलवायु परिवर्तनका कारण मान्छेको खाद्यान्नमा झैँ पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । घाँसमा विषादीको प्रयोग गर्दा दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्ने कृषि प्राविधिक बताउँछन् ।
१ महिना अगाडीभद्रपुर ।झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रकायुवाहरुलाई व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहितगर्दै उद्यमीबनाउने उद्देश्यले टनेल वितरण गरेको छ ।नगरपालिकाले नगरप्रमुख लघु उद्यमकार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६–६ जना युवा कृषिउद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो ।
२ महिना अगाडीताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसान अहिले आलु रोपाइँमा व्यस्त भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका किसान केल्साङ शेर्पाले जानकारी दिनुभयो । उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य बाली हुँदैन ।
३ महिना अगाडीपुरस्कारका लागि प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रमार्फत प्रत्येक जिल्लाबाट तीन जनाका दरले ३७ जना कृषकको प्रस्ताव कृषि तथा पशुपक्षी विकास निर्देशनालयले सङ्कलन गरेको र त्यसबाट उत्कृष्ट हुनेलाई बागमती प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयले छनोट गरी पुरस्कृत गरिएको गोष्ठीमा जनाइएको छ । सो पुरस्कार कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदान गर्नुभएको थियो ।
३ महिना अगाडीतनहुँलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित केन्द्रले पाडीबाच्छी हुर्काउने किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको हो । “यो कार्यक्रमअन्तर्गत एक वर्षदेखि दुई वर्षसम्मको पाडीबाच्छी हुर्काए वापत किसानलाई रु १० हजारका दरले अनुदान दिइने छ”, केन्द्रका प्रमुख डा बालकु्मार श्रेष्ठले भन्नुभयो, .“किसानलाई अनुदान दिएपछि पाडीबाच्छी हुर्काउन सहज भएको छ ।”
४ महिना अगाडीराष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताउनुभयो ।
६ महिना अगाडीकृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयवासीले लाभ लिन नसकेका वडाध्यक्ष पुन स्वीकार्नुहुन्छ । घुम्ती गोठलाई व्यवस्थित बनाई त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भएपछि स्थानीयवासीको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उहाँको भनाइ थियो । यहाँका युवा पुस्तालाई कृषि र पशुपालनतर्फ कुनै रुचि छैन । उनीहरु वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । बुढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहदैनन् । ‘‘गाउँपालिका र वडाले पैसा दिन्छ, अलि फरक तरिकाले पशुपालन गरौँ न भन्दा पनि मान्नुहुन्न’’ वडाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो । विदेशबाटीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो ।
६ महिना अगाडी