Breaking News : सिरहामा एक पुरुषमाथि गोली प्रहार

image श्याम कुमार ठाकुर शनिबार, जेष्ठ २२ २०७८
image

सिरहा । मिर्चैयामा एकजना पुरुषमाथि गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका ५ स्थित स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो । शनिबार साँझ पौने ८ बजेतिर अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा लागेको र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जनाए ।

उनको मिर्चैयामा उपचार भइरहेको छ । गोली चलाउने समूहको खोजीकार्य भइरहेको उनले बताए । 

ad