कालीकोट र अछाम अन्तर प्रदेश सडक सञ्जालसँग जोडिएपछि कर्णाली प्रदेश र सुदूरपश्चिमको पर्यटन क्षेत्रमा टेवा पुग्ने अछाम तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्प शर्माले बताउनुभयो । अन्तर प्रदेश सडक निर्माणका लागि दुवै प्रदेशका जनप्रनिधि एक ठाउँमा भएको र सडक निर्माणका लागि दुवै प्रदेशका सङ्घ, प्रदेश र स्थानीय सरकारले पहल थाल्ने सहमति भएको कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिनुभयो ।
३ महिना अगाडीगाउँ नै पिच्छे खेल मैदान निर्माण गर्ने नीतिले शारीरिक तन्दरुस्ती राख्न युवालाई फाइदा पुग्ने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । “किशोर, किशोरी तथा युवालाई गाउँमै बिहान बेलुका फुटबल, भलिबल, क्रिकेटजस्ता खेल गाउँमै खेल्न सकून् भनेर यो मैदान बनाएका हौँ”, श्रेष्ठले भन्नुभयो, “यसले गाउँमै खेलाडीलाई खेल अभ्यास गराउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।
३ महिना अगाडीबागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् ।-
३ महिना अगाडीबयालीस रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको, उचाइ ७२ मिटर र ४८ फिटको बेश रहने छ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत संरचना रहनेछन् । धरहरा टावरको पुनः निर्माण सम्पन्न भएको भन्दै २०७८ वैशाख ११ गतेनै उद्घाटन गरिएको थियो । उद्घाटन भएको डेड वर्ष बितिसक्दासम्म उक्त टावर आसपासको अन्य निर्माणको काम सम्पन्न भएको छैन ।
३ महिना अगाडीतीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।
३ महिना अगाडीदेवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले देवचुली डाँडा पर्यटकीय क्षेत्रका रूपमा नगरकै गौरव रहेकाले यस क्षेत्रको विकासमा आफूहरु लाग्ने बताउनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रको विकासमा देवचुली डाँडालाई प्राथमिकता दिएर समेटिएकाले आवश्यक पूर्वाधार निर्माणमा नगर लागिपर्ने उहाँले जानकारी दिनुभो । “देवचुली डाँडा हाम्रो प्रमुख पर्यटकीय क्षेत्र हो, हामीले प्राथमिकता दिएका छौँ, नगरमात्रै होइन आवश्यक परे निजी क्षेत्रलाई समेत समेटेर यस क्षेत्रलाई थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएका छौँ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो । देवचुली नगरपालिकाको नामाकरणसमेत यसै डाँडाको नामबाट गरिएको हो ।
३ महिना अगाडीकूल १७ कठ्ठा १४ धुरमा बन्ने पार्र्क सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगरप्रमुख पाण्डेयले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्का समयमा हुनसक्ने जोखिमका लागि उपयोगी हुने गरी पार्क निर्माण गरिने भएकाले स्थानीयलाई लाभ पुग्ने बताउनुभयो । हालै बसेको कार्यपालिका बैठकले तीन नेताको स्मृतिमा पार्क निर्माण गर्ने निर्णय गरेको थियो । त्यसको लागि नगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरेको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले जानकारी गराउनुभयो ।
६ महिना अगाडीत्रिदेशीय सडकका रूपमा रहेको कालीगण्डकी करिडोरले छिमेकी भारत र चीनलाई जोडेको छ । मालढुङ्गाबाट गुल्मी रिडीसम्मको खण्डमा सेनाले २०७० सालदेखि काम गरेर सडक हस्तान्तरण गरेको छ । विसं २०७० असारमा शिलान्यास गरेपछि सेनाले ८० किमी ट्रयाक खोलेको थियो । सबै सडकखण्डको ट्रयाक खुलेपछि सेनाकै जिम्मामा सडक चौडा पारिएको छ । अब सडकमा नाली र कालोपत्रको काम बाँकी छ । अत्यधिक पहिरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएपछि ट्रयाक खुलेको थियो ।
६ महिना अगाडी“धातुका सामग्री बनाउने जनशक्ति पलायन भएपछि यस्तो अवस्था आएको हो”, उहाँले भन्नुभयो । बसाइँ सरेर गएकाहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन् । घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन् । यो बजार सुनसान बन्दा भोजपुरकै चिनारी धमिलो हुँदै गएको श्रेष्ठ बताउनुहुन्छ । “टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक ठाउँ हो”, उहाँले भन्नुभयो । यहाँ कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठ मन्दिर भत्किन थालेका छन् । यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
६ महिना अगाडी