ई-डीभीको नतिजा आज आउँदै

image आँखा संम्वाददाता शनिबार, बैशाख २२ २०८१
image

काठमाडौं- अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको ई-डीभीको नतिजा आज आउने भएको छ।

नेपालस्थित अमेरिकी दूतावासले सन् २०२५ को ई-डीभीको नतिजा आज आउने जनाएको छ।

वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ। यो नै ई-डीभीको नतिजा थाहा पाउने एकमात्र तरिका हो।