देशमा सञ्चालित विकास निर्माणको अवस्था, प्रगति र गुणस्तरको उदाहरणले पनि भ्रष्टाचार बढेको पुष्टि गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरुले भ्रष्टाचार बढेको देखाइरहेका छन् । ट्रान्सप्यारेन्सी इन्टरनेशनलका प्रतिवेदनहरुले पनि भ्रष्टाचार बढेको देखाएका छन् । देशका अधिकांश नागरिकको जीवन शैलीमा देखिएको पछौटेपनले पनि अनियमितता र भ्रष्टाचारले देश खोक्रो हुँदै गएको पुष्टि गर्छ ।
२ महिना अगाडी२०४७ को संविधानले बरु प्रधानमन्त्रीलाई विशेष अधिकार दिएको थियो, त्यस किसिमको अधिकार नयाँ संविधानमा नराख्ने भनेर सबैको सहमति थियो । त्यो सहमतिमा सबैभन्दा धेरै कराउने वक्तामा वर्तमान प्रधानमन्त्री ओली र अहिलेका राष्ट्रपति पर्थे । उनीहरूले यस्तो व्यवस्थाले अस्थिरता निम्त्याउँछ भन्थे । तर, अहिले प्रधानमन्त्रीले संविधानमा प्रावधान नै नभएको अधिकार लिएर संसद विघटन गरे । संविधानविद्हरूले यसलाई राजनीतिक ‘कु’ भनेका छन् ।
३ महिना अगाडी१९७० सम्मको पुरातनवादी सार्वजनिक प्रशासनका शैलीहरू थिए त्यसलाई हामीले पूर्णरुपमा छोड्न सकेको अवस्था छैन जसले गर्दा प्रशासन जनप्रिय छैन, जनताप्रति उत्तरदायी हुन सकेको छैन । त्यसो त हाम्रो निजामती सेवाका केही राम्रा पक्षहरू छन् । संकट व्यवस्थापनमा हामी नामी छौँ । तर कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा उपलब्धिहरू प्रभावकारी हुन सकेका छैनन् । सेवा वितरण लाभदायी हुन सकेको छैन । तर यसमा राजनीतिक प्रणाली र राजनीतिक नेतृत्व नै दोषी छन् ।
४ महिना अगाडीसबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन् । कोभिड-१९ का कारण फेरि यतिखेर अर्थतन्त्र समस्यामा छ । उनीमाथि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रमुख जिम्मेवारी पनि रहेको छ ।
५ महिना अगाडीअर्थमन्त्रीःकोरानाको संक्रमण कायमै छ । खोप नआउञ्जेल यसको रोकथाम, उपचार र व्यवस्थापनमा लाग्नुपर्ने खाँचो छ । कोरोना संक्रमणको बीच पनि हामी अर्थतन्त्रलाई चलायमान राख्ने केही काम गरिरहेका छौँ । प्रभावित व्यवसायहरूलाई राहत दिन सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको कार्यान्वयन सुरु भएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर आर्थिक गतिविधि अघि बढाउन सबै क्षेत्रलाई आग्रह गर्दछु ।
५ महिना अगाडीप्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा खोज्ने विषयमा कुनै तुक नरहेको सांसद् महेश बस्नेत बताउनु भएको छ । अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीको राजीनामाले राष्ट्रिय संकट निम्त्याउँने भन्दै सांसद बस्नेतले बाह्य शक्तिले नेपालमाथि हस्तक्षेप र आक्रमण गर्न खोजिरहेको अवस्थामा नेकपा मात्र नभइ राष्ट्रका सबै शक्ति एक हुनुपर्ने उल्ल्ेख गर्नुभयो ।
८ महिना अगाडी