राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको छ ।
१ महिना अगाडीनयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले फोक्सो र मुटु प्रत्यारोपणसम्बन्धी काठमाडौंमा शुक्रबार गरेको अन्तरक्रियाका विज्ञहरूले फोक्सो प्रत्यारोपण गराउनेको दाँजोमा मुटु प्रत्यारोपण गराएकाहरू बढी बाँच्ने गरेको बताए । पछिल्लो समय फोक्सो प्रत्यारोपण गराएकाहरू औसत ७.४ वर्ष र मुटु प्रत्यारोपण गराउनेहरू १३.३ वर्ष बाँच्ने गरेका छन् । फोक्सोभन्दा मुटु प्रत्यारोपणमा सफलताको दर राम्रो देखिएको छ । अपोलोका कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण विशेषज्ञ डा. मुकेश गोयलका अनुसार मुटु वातावरणको सम्पर्कमा नआए पनि फोक्सो भने निरन्तर श्वासप्रश्वासको माध्यमले वातावरण, प्रदूषण, जीवाणु आदिको सम्पर्कमा आउने भएकाले यो अंगको प्रत्यारोपणमा सफलताको दर कम देखिएको हो ।
१ महिना अगाडीस्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले कोभिड–१९ महामारीले खोपको भण्डारण क्षमता विस्तारका लागि आफूहरुलाई झकझक्याएको बताउनुभयो । उहाँले यहाँको ‘वाकिङ कुलर’ले धौलागिरि क्षेत्रकै खोप सेवा सञ्चालनमा टेवा पुग्ने उल्लेख गर्नुभयो । “भण्डारण क्षमताको कमीका कारण खोपको आपूर्ति र वितरण प्रभावित हुने अवस्थाको अब अन्त्य भएको छ”, उहाँले भन्नुभयो ।
२ महिना अगाडीअनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ। यस्तै, तुलसीको चार–पाँच वटा पात दिनहु खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनालेपनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ। यति गर्दा पनि दुर्गन्ध हट्दैन भने एकपटक चिकित्सकको सल्लाह लिनुपर्छ।
२ महिना अगाडीहालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् । निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिनुभयो । हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ । कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ ।
३ महिना अगाडीभद्रपुर १० भदौ / नेपालमा प्रतिदिन ४७ जनाको क्षयरोगका कारण निधन हुने गरेको छ भने दैनिक १सय ९२ जनामा क्षयरोग संक्रमण हुने गरेको तथ्याङ्क छ। विश्व क्षयरोग दिवस-२०७८ को अवसरमा आयोजित अन्तरक्रियामा जिल्ला स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विश्वनाथ श्रेष्ठले आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कको आधारमा सो जानकारी दिनुभएको हो।
३ महिना अगाडीखोप २ देखि ८ सेल्सियसको तापक्रममा ‘अन–डाइल्युटेड’ अर्थात् उपयोग गर्न पातलो नबनाइएको अवस्थामा १० सातासम्म राख्न सकिन्छ । त्यस्तै प्रयोग गर्न मिल्ने गरी बनाइएको ‘डाइल्युटेड’ खोपलाई भने कोठाको तापक्रम (२५ डिग्री सेल्सियससम्म) मा १२ घण्टासम्म राख्न मिल्छ । हालसम्म मुलुकमा १२ वर्षदेखि १७ वर्षसम्मका ९१ प्रतिशतलाई पहिलो र ६७ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाइएको छ । मन्त्रालयका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७ सय ८५ जनाले एक मात्रा र २३ लाख ११ हजार ९ सय ९८ जनाले पूर्ण मात्रा लगाइसकेका छन् । शनिबारसम्म मुलुकमा कुल जनसंख्याको ७५ प्रतिशत अर्थात् २ करोड १८ लाख ९२ हजार ४ सय २६ जनाले एक मात्रा र कुल जनसंख्याको ६४.१ प्रतिशत अर्थात् १ करोड ८७ लाख ३ हजार ७ सय २६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि हालसम्म ३ करोड ९२ लाख ३२ हजार ७ सय २५ मात्रा कोभिडविरुद्घ खोप लगाइएको छ ।
३ महिना अगाडी