झापाको भद्रपुरमा सवारी दुर्घटना,दुर्घटनामा परी दुईजनाको मृत्यु

image आँखा संवाददाता शुक्रबार​, श्रावण १ २०७८
image

भद्रपुर , १ साउन/ झापाको भद्रपुरमा शुक्रवार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।ट्राफिक प्रहरी कार्यालय भद्रपुरका अनुसार घाईतेको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार ज्ञानेचोकबाट वनियानीतर्फ गईरहेको मे १ त २८२१ नम्वरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे १ ह ६४१ नम्वरको टेम्पो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

भद्रपुर – १ सगरमाथा चोकको ओरालोमा दिउसो साढे २ बजे भएको दुर्घटनामा परेर भद्रपुर-१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोहि ठाउँका करिव ४० वर्षीय डम्वरबहादुर लिम्वुको मृत्यु भएको ट्रफिक प्रहरी कार्यालय भद्रपुरका ट्राफिक प्रहरी दिलीप राईले जानकारी दिनुभयो।

छविमायाको घटनास्थलमा र डम्वरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।अर्का घाईते टेम्पोमा सवार सोहि ठाउँका ४२ वर्षीय वीरबहादुर लिम्वुको उपचार भईरहेको छ । दुवै सवारी साधन प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा छन् ।

ad