स्थानीय निर्वाचनको गर्मी सेलाउन नपाउँदै हाम्रा सडक–गल्ली पुनः ताते, यौनहिंसाविरुद्ध न्यायको आवाज बुलन्द गर्दै। एउटी किशोरीले आठ वर्षअघि झेलेको यौनिक उत्पीडनको घटना सामाजिक सञ्जालमार्पmत सार्वजनिक गर्दा विशेषगरी महिलाहरूको मुटु नराम्ररी चस्कियो। त्यसको प्रत्यक्ष प्रमाण सामाजिक सञ्जाल, आमसञ्चार माध्यमलगायत सडकमा देखिएको विद्रोहले दिएको छ। यो नौलो घटना होइन, समाजमा दिनानुदिन हुने यस प्रकारका घटनामा थप एउटा घटना मात्र हो यो। निर्मला पन्तमाथि भएको जघन्य अपराधको घाउ पुरिएको छैन। त्यसपछि असंख्य महिला किशोरी तथा बालिका बलात्कृत भइसकेका छन्।
१७ दिन अगाडीगोर्खालीले संसारभर युद्ध लडेको छ। वीरतासँगै इमानदारीले चिनाएको छ। त्यो लडाइँले कहाँ के प्राप्त गर्यो भन्ने थाहा छैन। किनकि, आजसम्म गोर्खालीबारे विदेशीले मात्रै किताब लेखे। जसमा ब्रिटिश अफिसरहरूले आफूलाई नायक बनाए, आफ्नै कुरा मात्र बढी लेखे। गोर्खाली समुदायबाट आफ्नो कथा आफैं लेखिएन। यसको एउटा कारण गोर्खाली आफैंले लेख्न सकेनन्, र अर्को लेख्न सक्ने व्यक्तिले पनि लेखिदिएन।
२७ दिन अगाडीदेउवा सरकारले इन्धन खपत घट्छ भनेर २०७९ वैशाख १३ गते शनिबार र आइतबार हप्ताका दुई दिन बिदा दिने निर्णय गर्यो । संयोग कस्तो पर्यो भने, आइतबार बिदा दिने भनिएको सुरुआती महिनामै शुक्रबार स्थानीय तह निर्वाचनको बिदा । शनिबार परम्परागत बिदा । आइतबार इन्धन खपत घटाउने ‘आइतबारे बिदा’ । सोमबार बुद्ध जयन्ती बिदा । लगातार चार दिन बिदा । कार्यालय, स्कुल, अस्पताल, उद्योग–व्यवसाय, कलकारखाना सबै बन्द भए । अर्थतन्त्र र सार्वजनिक प्रशासन चार दिन ठप्प भयो ।
२९ दिन अगाडीनेपालीमा भनाइ छ- कि आफैंं जान्नु कि भनेको मान्नु ! आफू पनि नजान्ने र भनेको पनि नमान्ने व्यक्ति अर्थमन्त्री पर्यो भने देशको अवस्था कस्तो हुन्छ ? यही उदाहरण वर्तमानमा देखिन थालेको छ। अहिले कोभिड—१९ को विश्वव्यापी महामारीलगायत कारण विश्व अर्थतन्त्र नै जोखिममा पर्दै गएको छ। महामारीले सबैभन्दा बढी मारमा पर्यटन, उत्पादन र श्रमक्षेत्र परेका छन्। यस्तो बेला वैदेशिक सहयोग, पर्यटन र रेमिटेन्समा निर्भर अर्थतन्त्र रहेको नेपालजस्तो मुलुक आर्थिक संकटको उच्च जोखिममा पर्नु स्वाभाविक हो। वैदेशिक मुद्राको सञ्चितिले ६ महिना धान्न पनि मुस्किल पर्ने अवस्था छ। आयातमुखी अर्थतन्त्र रहेको मुलुकमा यसको असर कुनै एक क्षेत्रमा मात्र सीमित रहँदैन।
२ महिना अगाडीसंविधानले स्थानीय तहलाई बिभिन्न २६ वटा शीर्षकको अधिकार प्रत्यायोजन गरेको छ । जसका कारण निर्वाचित जनप्रतिनिधिले आप्mनो ठाउँको विकासलाइृ द्रुत गतिमा अगाडी बढाउँछन् । संघ, प्रदेश भन्दा पनि स्थानीय तहका जनप्रतिनिधि जनतासँग प्रत्यक्ष जोडिने भएकाले पनि स्थानीय तहको निर्वाचन जनसरोकारको विषय स्वाभाविक पनि हो । सरकारले तोकेको स्थानीय तह निर्वाचनको समयावधी नजिकिदोछ । स्थानीय तहको निर्वाचन आउन अब लगभग १ महिना मात्र बाँकी छ ।
२ महिना अगाडीअहिले पनि विश्वमा केही देश शस्त्र युद्धमा होमिएका छन् भने केही देश मनोमालिन्यको अन्तिम डिलमा पुगेर युद्धको घोषणा गर्न तम्तयार झँै देखिन्छन् । युद्धरत रसिया र युक्रेनको लडाइँमा ध्वनिभन्दा तेज ‘सुपरसोनिक’ हतियार प्रयोग भएका खबर बाहिरिएका छन् । यही मेसोमा हालै मात्र भारतको बिग्रिएको एक क्षेप्यास्त्र भूलवश पाकिस्तानको सीमामा फायर हुन पुगेको समाचार सार्वजनिक भएको थियो । भलै दुई देशको सूझबुझपूर्ण व्यवहारका कारण यो घटनाले थप उत्तेजना थपेन ।
२ महिना अगाडीचुनाव लागे संगै दलहरु जसरी गाउँ गाउँ टोल टोलमा सकृय हुन्छन्, चुनाव सकिए संगै उनिहरु आ-आफ्ना स्वार्थ पूरा गर्नमा ब्यस्त हुनेगरेका छन् । अधिकांश नेता कार्यकर्ताहरुको प्राथमिकता देश बनाउने भन्दा पनि आफ्नो परिवार तथा पार्टीलाई समृद्ध बनाउनमा केन्द्रित रहने गरेको तितो यथार्तलाई हामी सबैले भोगी सकेका छौँ । नेताहरुको स्वार्थ मिल्दा जुट्ने, नमिल्दा फुट्ने राजनीतिले देशलाई कयौँ वर्ष पछाडि धकेलेको यथार्त पनि हामी कसैबाट छिपेको छैन ।
२ महिना अगाडीसमाजमा सबै मिलेर नियन्त्रण हुने कुरो हो यी सबै। मिले त विकृति नियन्त्रण हुन बेर लाग्दैन। मिलेन भने त कसरी नियन्त्रण हुन्छ र ? सामाजिक होस् वा राजनीतिक विकृति, कसरी नियन्त्रण हुन्छ ? भन्ने प्रश्नको चाहिँ ठ्याक्कै यही वा यसरी नै भन्ने उत्तर भने हुँदैन। समाधानका विभिन्न तरिका हुन सक्छन्। फेरि एउटा समाजको एउटा विषय जुन ढंगले समाधान गरिएको हुन्छ, त्यस्तै विषय भए पनि अर्को समाजमा लागू हुन्छ भन्ने हुँदैन। खासगरी विषय हेरी त्यससँग जोडिएका मानिसबीच नै निकास खोज्नुपर्ने हुन्छ, सकिन्छ पनि। सरोकार नभएकाले समाधान खोज्ने कुरो पनि भएन।
२ महिना अगाडीराजनीतिमा 'म' ले प्रवेश गरिसकेको छ। अहिले स्थानीय चुनावमा टिकट बितरण गर्ने काममा 'म' ले निक्कैलाई आच्छु- आच्छु पारेको छ। यो 'म' राजनीतिको भिलेन हुन्छ भन्ने अनुमान गर्दैछ्न।यसैको कारण भबिस्यका कयौं चुनावमा सम्भावना बोकेका उमेदवारको चुनावी बिजय यात्रामा तुषारापात हुने सम्भावना पनि उत्तिकै छ। यदी 'म' लाई थान्को लगाएर सहि उमेदवारको टुङ्गो लगाउन सकिएन भने आउदो चुनावमा धेरैको राजनैतिक भविस्य उथलपुथल हुनेकुरा निश्चित छ। तसर्थ यो 'म' लाई थान्को लगाउन पनि असल,निष्पक्ष अनि त्यागी ब्यक्तिको पहिचान गरेर उम्मेद्बारी छनौट गर्दा उपयुक्त हुने देखिन्छ।
३ महिना अगाडीअन्यथा, यौनमामला स्वाभाविक बन्न छोडेर अस्वाभाविक, उत्ताउलो, अमर्यादित, व्यापार, अभिशाप र निरन्तर अपराध हुने बाटोमा पुग्ने क्रम अझ बढ्ने छ। हाम्रा सामाजिक सम्बन्धहरू टुटफुटमा जानेछन्। व्यक्तिको निजी जीवन र सार्वजनिक जीवन नै चौपट हुनेछ। यौन अराजकता बढ्ने छ। यौन अराजकताको अन्तिम रूप समाजको दुर्घटना हो। यो बारम्बार दोहोरिनु दुर्घटना स्वाभाविकतामा परिणत हुँदै जानु हो।
३ महिना अगाडीनिजी विद्यालयबाट क्रिमिलियर (आर्थिक रुपमा सम्पन्न मानिसको जमात)लाई मात्र फाइदा भएको छ । क्रिमिलियरहरू निजी विद्यालयका सञ्चालकहरू हुन् । घाटाको कुरा गर्दा सामाजिक हिसाबले दरार सिर्जना भएको छ । हुने र नहुनेको स्कुल फरक फरक हुन्छ भन्ने स्थिति हाम्रो समाजमा देखा पर्यो । सामाजिक दरार घाटा हो भने व्यक्तिगत र क्रिमिलियरलाई फाइदा भएको नाफा हो ।
३ महिना अगाडीएउटा राजनीतिक दलका नेताले आफु असल देखिनका लागि अर्को दलका नेतालाई आरोप प्रत्यारोप तथा गालीगलौज गरेको सुन्दा मलाई मेरा बाल सखा जिवन पोख्रेलले ३–४ कक्षा तिर पढ्दा हुनुपर्छ आफ्नो कपीमा पेन्सिलले एउटा धर्को तानेर देखाउदै, रमेश यो धर्कोलाई नछोइकन याने कुनै प्रकारले केरमेट नगरिकन छोटो बनाएर देखाउन सक्छौ ? भनेर प्रश्न गरेको याद आउछ ।
३ महिना अगाडी