स्वास्थ्य कार्यालयले गरायो स्वास्थ्यकर्मीलाई सचेत

image आँखा संम्वाददाता शनिबार, बैशाख २२ २०८१
image

झापा, बैशाख २२ । स्वास्थ्य कार्यालय झापाले हात्तीपाइले औषधि सेवन गराउने स्वास्थ्यकर्मीहरुलाई सचेत गराएको छ ।हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानलाई थप प्रभावकारी र सफल बनाउनका लागि स्वास्थ्य कार्यालयले हात्तीपाइलेको औषधि खुवाउने स्वास्थ्यकर्मीहरुका लागि १० बुँदे निर्देशनसमेत जारी गरेको छ ।

हात्तीपाईले रोग निवारण अभियानलाई सफल बनाउनका लागि थप उत्साहका साथ निरन्तरता दिन, तातो हावा चल्ने क्रम चलिरहेकाले औषधि खुवाउने समय यथासक्य बिहान वा बेलुका समय मिलाएर खुवाउने व्यवस्थापन गर्न, केही स्थानहरुमा औषधिको पोका वितरण गरेको पाईएकोले थप सुधार गरी औषधिको पोका बितरणमा कडाईका साथ रोक्न, गर्मीको समयमा जलबियोजनको जोखिम भएकोले पानी प्रशस्त पिउन सल्लाह दिने र कडा परिश्रम गरेको वा पैदल हिंडेको पैदल यात्रीहरुलाई केही समय आराम गरेपश्चात् मात्र औषधि खुवाउन, फिल्डमा खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुले सकेसम्म औपचारिक पोशाक र परिचयपत्र लगाएर जान, औषधि खुवाउने क्रममा सबैभन्दा पहिले Ivermectin, त्यसपछि DEC र अन्तिममा Albendazole खुवाउने प्रोटोकललाई पालना गर्न औषधि खुवाउँदा सकेम्म हतार नगरी १÷१ चक्की औषधि निल्न दिएर खुवाउन, जेष्ठ नागरिक र अशक्तहरुलाई औषधि खुवाउँदा सतर्कता अपनाउन, उचाई मापन गर्नुपर्ने कार्यलाई अनिवार्य कार्यान्वयन गर्न÷गराउन, सकेसम्म सामूहिक रुपमा ३–५ जनाको समूह बनाएर फिल्डमा हिंड्दा परामर्श गर्न सहज हुने भएको र औषधि खाने दर पनि धेरै देखिएकोले सोही अनुसार व्यवस्था गर्न निर्देशन दिइएको हो ।