देउनिया पुलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

image आँखा समाचारदाता शुक्रबार​, बैशाख १४ २०८१
image

झापा , बैशाख १३ । झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।आज राति ८.३५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.१२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा चालक तत्काल नाम थर वतन नखुलेको अन्दाजी ४० वर्षका पुरुष मानिस गम्भीर घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले सवारीसाधन प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको जानकारी दिए ।