नक्कली शरणार्थी प्रकरण: छुटेनन् टोपबहादुर

image आँखा संम्वाददाता बिहीबार, बैशाख १३ २०८१
image

भद्रपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।

न्यायाधीहरु कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले रायमाझीलाई धरौटीमा रिहा गर्न अस्विकार गरेको हो।

सर्वोच्चले यसअघिका जिल्ला र उच्च अदालतले गरेको आदेश सदर गरेको हो। यो प्रकरणमा उनका छोरा सन्दीप रायमाझी भने यसअघि नै धरौटीमा रिहा भैसकेका छन्।