वैदेशिक रोजगारीमा ठगीएकालाइ सामीले फर्कायो ४५ लाख वढी रकम

image आँखा समाचारदाता बिहीबार, बैशाख १३ २०८१
image

भद्रपुर,१३ बैशाख । यस आर्थिक वर्षको दश महिनामा वैदेशिक रोजगारीबाट पीडित वनेकाहरुलाइ पीडकहरुवाट ४५ लाख ९० हजार रुपैया फर्काइएको छ ।

वैधानिक बाटोवाट वैदेशिक रोजगारीमा गएकाहरुले आफु ठगीमा परेको जनाउदै गरेको उजुरीका आधारमा झापा जिल्लामा मात्रै त्यति रकम फिर्ता गराइएको हो ।

भद्रपुर नगरपालिकामा वुधवार सामी परियोजनाले वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको विषयमा पत्रकारसंग गरेको अन्तरक्रियामा यस अवधिमा १ सय १७ वटा उजुरी परेकोमा २२ वटा समाधान भएको पनि जनाइएको छ ।

सामी परियोजना भद्रपुरका संयोजक शेखर बुढाथोकीले भन्नुभयो 'गत आर्थिक वर्ष २०७९।८० को एक बर्षमा १ सय ३० वटा उजुरी परेकोमा ४० वटा समाधान गर्दा ३८ लाख ४५ रुपैया पीडितलाइ फिर्ता गराइएको थियो' ।

अघिल्लो आर्थिक वर्षमा मुलु्कमा १२ खर्व २० अर्व ५६ करोड रुपैया विप्रेषण प्राप्त भएको पनि उहाले जानकारी दिनुभयो । सामीले भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा पत्रकारसंग अन्तक्रिया गरेको थियो ।