स्वास्थ्य

विश्वमा कोरोनाका कारण ३ लाख ३९ हजार बढीको मृत्यु, २१ लाख ५० हजार निको भए

news

काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार नाघेको छ । ५२ लाख ९७ हजार बढी संक्रमित मध्ये २१ लाख ५० हजार उपचार पछि निको भएका छन् । ४४ हजार ५ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ४४ हजार नाघेको छ । मृत्यु हुनेको संख्या ९७ हजार ६ सय पुगेको छ ।

३ बर्ष अगाडी

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो

news

काठमाडौं, जेठ ९ । मकवानपुर, भक्तपुर र सप्तरीमा गरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको हो। थपिने संक्रमितहरुमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्। योसंगै नेपालमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

३ बर्ष अगाडी

कोरोना कहर : विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु, २४ घण्टामा १ लाख ५ हजार बढी संक्रमित थपिए

news

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु भएको छ । आज बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ५७ पुगेको हो ।कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देशमा परेको छ ।

३ बर्ष अगाडी

थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

news

काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३ बर्ष अगाडी

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य

news

काठमाडौं, जेठ ९ः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्ला ३५ दिनयता प्रदेशमा कोरोना भाइरस संक्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का संक्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि सुदूरपश्चिममा भने सो अवधिमा संक्रमित फेला नपरेका क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

३ बर्ष अगाडी

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ५७ पुग्यो

news

काठमाडौं, जेठ ८ । कपिलवस्तु र बाँकेमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार साँझ कपिलबस्तुका १९ बर्षीय पुरुष र बाँकेका ३२ बर्षीय पुरुष र ४२ बर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको भेरी अस्पताल बाँके र प्रदेश प्रयोगशाला रुपन्देहीमा परिक्षण भएको हो । योसंगै संक्रमितको संख्या ४ सय ५७ पुगेको छ।

३ बर्ष अगाडी

नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४५३ पुग्यो

news

जेठ ८ । नेपालमा बिहीवार अपराह्णसम्म थप २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

३ बर्ष अगाडी

गुल्मीका पुरुषको कोभिड १९ का कारण बुटवलमा मृत्यु

news

कोरोनाभाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ।

३ बर्ष अगाडी

संक्रमितको संख्या ४४४ पुग्यो, झापा, धनकुटा र सुनसरीमा १७ जना नयाँ संक्रमित

news

काठमाडौं, जेठ ८ । नेपालमा कोरोना भाइरसका थप १७ जना बिरामी थपिएका छन् । उनीहरु झापा, धनकुटा र सुनसरी जिल्लाका हुन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जनाएका छन् ।

३ बर्ष अगाडी

झापाको कचनकवलका क्वारेन्टिन व्यवस्थित नहुँदा संक्रमित बढ्ने जोखिम

news

झापा, ८ जेठ । पूर्वी दक्षिणी झापाको कचनकवल गाउँ पालिकामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति राख्न निर्मित क्वारेन्टिन व्यवस्थापनमा लापरवाहीकै कारण संक्रमितको संख्या बढ्ने देखिएको छ ।

३ बर्ष अगाडी

प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि

news

प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड—१९ पुष्टि भएको हो ।

३ बर्ष अगाडी

थपिए २५ जना संक्रमित

news

काठमाडौं, जेठ ७ । नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार थपिएका २५ जना नयाँ कोरोना संक्रमितमा १८ जना पुरुष र ७ जना महिला छन् ।

३ बर्ष अगाडी

राष्ट्रिय फुटवल टोलीका पूर्व खेलाडी रन्जित श्रेष्ठ कोरोना भाइरसको सक्रमण वाट मुक्त

news

काठमाडौं, जेठ ७ राष्ट्रिय फुटवल टोलीका पूर्व खेलाडी रन्जित श्रेष्ठ कोरोना भाइरसको सक्रमण वाट मुक्त हुनुभएको छ ।

३ बर्ष अगाडी

१९ लाख वढि कोरोना सक्रमित निको भएर घर फर्के ।

news

काठमाण्डौ । ७ जेठ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो जानकारी अनुसार १९ लाख ५८ हजार ४ सय ९६ जना निको भएर घर फर्केका छन् भने संक्रमित ४९ लाख ८६ हजार ३ सय ३२ मध्ये विगत १२ घण्टामा ४ सय ८९ मर्ने थपिएसँगै मर्नेको संख्या ३ लाख २४ हजार ९ सय १० पुगेको छ ।

३ बर्ष अगाडी

शिवसताक्षीको दुधेमा पनि ‘होल्डिङ एरिया’

news

झापा, ६ जेठ लामो समयको लकडाउनका कारण भारतका विभिन्न ठाँउमा अप्ठेरोमा परेका नेपालीका लागि सिमासंग जोडिएको झापामा होल्डिङ एरिया निर्माण हुन थालेको छ । झापाको शिवसताक्षी नगरमा पनि बढीमा १ सय ५० का लागि होल्डिङ एरिया निर्माण हुने भएको हो ।

३ बर्ष अगाडी

कोरोना संक्रमितको संख्या ४०२

news

काठमाडौं, जेठ ६ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार बोल्दै संक्रमितको संख्या र ४०२ पुगेको बताए । मंगलबार २७ जना संक्रमित थपिएका हुन् ।

३ बर्ष अगाडी

अनावश्यक भीडले कोरोना संक्रमणको त्रास

news

झापा, ६ जेठ । नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले बढिरहेको अवस्थामा अनावश्यक भीडभाड अन्त्य गर्न चोक चोकमा प्रहरी परिचालन गरिएको भए पनि झापा सदरमुकाम भद्रपुर क्षेत्रमा भीडभाड रोक्न सकिएको छैन ।

३ बर्ष अगाडी

कोरोना संक्रमण नियन्त्रणमा सरकारको प्रयास असफल : प्रधानमन्त्री

news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रण प्रयाशमा असफल भएको बताएका छन् । मंगलवार संघिय संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसकै कारण दुई जनाको निधन भएकोमा दुःख व्यक्त गर्न गरे । ‘कोरोना संक्रमित भएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने प्रयाश विभिन्न कारणले असफल भएको छ ।’ उनले भने ।

३ बर्ष अगाडी

झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए

news

झापा । झापामा ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण भेटिएका छन् झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् । ९ जना संक्रमितका झापाको केचनकवल गाउँपालिकाका हुन् उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।

३ बर्ष अगाडी

प्रेस काउन्सिलमा कोरोना (कोभिड–१९) टेष्ट

news

काठमाडौं÷स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले सोमबार सञ्चारग्राममा पत्रकारहरुको कोरोना परीक्षणको लागि स्वाब संकलन गरेको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा पोलिमर चेन रियाक्सन (पिसीआर) परीक्षणको लागि स्वाब संकलन भएको हो ।

३ बर्ष अगाडी