गुल्मीका पुरुषको कोभिड १९ का कारण बुटवलमा मृत्यु

image बिहीबार, जेष्ठ ८ २०७७
image

काठमाडौं, जेठ   ८ 

कोरोनाभाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ।प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरेको हो।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ ,उहाँलाई बचाउन अनेकौँ प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुखी छौँ।नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ४४४ छ।
जेठ १ गते ज्वरो र टाउको दुखाइको समस्या लिएर रुपन्देहीको क्रिमसन अस्पतालमा पुगेको उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो।