लेखनाथ पुस्तकालयले गर्यो साहित्यकार सुवेदीको श्रद्धाञ्जली सभा

image आँखा समाचारदाता शुक्रबार​, चैत्र २३ २०८०
image

भद्रपुर,२३ चैत्र । चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयले साहित्यकार प्राज्ञ स्व. दधिराज सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । समितिका सभापति कृष्ण सुवेदी 'निराकार'को अध्यक्षतामा विहिवार सम्पन्न उक्त कार्यक्रममा उहाँको  व्यक्तित्व र कृतित्व माथि प्राध्यापक होम सुवेदीले चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा हिरा पोखरेल, नीलमणि नेपाल, तीर्थ चापागाईं, गोविन्द कोईराला लगागतले शोक मन्तव्य राख्नु भएको थियोे । सोही कार्यक्रममा हालै निधन हुनुभएका  पुस्तकालयका संरक्षक सदस्य विनोद पोखरेल तथा साहित्यकार परशु प्रधानको पनि योगदानको चर्चा गरिएको थियोे ।

पुस्तकालयका सचिव हरिकिशोर आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा देवीचरण भण्डारी, गीता भण्डारी, नवराज घिमिरे, विरही अधिकारी,  हरि न्यौपाने, अनिरुद्ध सिटौला, आरती पोखरेल, उषा गुरुङ, खगेश्वर कोइराला, राजेन्द्र कश्यप अधिकारी, जयन्ती मानी, निर्मला दङ्गाल, चन्द्रमणि पौडेल, जनार्दन उप्रेती, हरि भुजेल लगायतको उपस्थिति थियोे ।