डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह शुरु गर्ने

image आँखा समाचारदाता शुक्रबार​, मङ्सिर २९ २०८०
image

काठमाण्डाै – डा. गोविन्द केसीले आज शुक्रवारदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्नुभएको छ ।

आज काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै उहाँले तीन दिने सत्याग्रको घोषणा गर्नुभएको हो । उहाँले सरकारसँग भएका सहमति कार्यान्वयन नभएकाे भन्दै उहाँले आज बेलुकी ५ बजेदेखि सत्याग्रह शुरु गर्ने बताउनु भयो । विगत लामो समयदेखि मुद्दा उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । हामीले विगत लामो समयदेखि विभिन्न मुद्दा उठाएर त्याग्रह गर्दै आए पनि अवस्था परिवर्तन भएको छैन । त्यसैले जवाफदेही बनाउनका लागि हामीले मङ्सिर २९ गते बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्दछाैँ ।’