इथियोपियाली शरणार्थीलाई सहयोग गर्न १५ करोड डलर आवश्यक : राष्ट्र संघ

image आँखा संवाददाता आइतबार​, मङ्सिर १४ २०७७
image

सुडान । इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको राष्ट्र संघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले शनिबार बताएका छन् । इथियोपियाको संघीय बल तथा यस क्षेत्रको सत्तासिन दलबीच नोभेम्बर ४देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।

इथियोपियाको अति गरिब क्षेत्र टाइग्रेमा लगातार भिडन्त भइरहेका र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रबेश गरेका हुन् । राष्ट्र संघका शरणार्थी मामिला उच्च आयुक्त ग्रान्डीेले इथियोपिया–सुडान सिमा क्षेत्रबाट कम्तीमा ८० किलोमिटर टाढा रहेको शिविरमा शरणार्थीको भीड लाग्दा उनीहरूलाई खाद्यान्न र कपडालगायतका अतिआवश्यक सामग्रीको व्यवस्थापनका लागि उक्त रकम आवश्यक परेको हो ।

उक्त शिविरतर्फ अहिले पनि पाँचदेखि छ सयको सङ्ख्यामा शरणार्थी अघि बढिरहेको ग्रान्डीले बताए । सुडानका शक्तिशाली शासक ओमार अल बसीरलाई सन् २०१९ मा सत्ताच्युत गरिएपछि सुडानले अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ ।