बेलबारीमा अनौठो प्रजातिको माछा फेला प-यो

image शुक्रबार​, श्रावण २ २०७७
image

विराटनगर, साउन २ गते । मोरङको बेलबारी-६ मा अनौठो प्रजातिको माछा भेटिएको छ । बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाको यो नहरमा बुधबार दुईवटा माछा फेला परेका थिए । स्थानीय टेकनाथ शर्माले नयाँ जातको माछा भेटिएपछि त्यसको विषयमा जानकारी लिन चाहेर माछालाई सुरक्षित राख्नुभएको हो ।

बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुलीले अहिलेसम्म कसैले पहिचान गर्न नसकेको माछा भेटिएकोले त्यसको प्रमाणित गर्न चाहेको बताउनुभयो । उहाँले जीवशास्त्रीमार्फत पहिचान गर्ने तयारी भइरहेको बताउनुभयो ।

नयाँ प्रजातिको माछा भेटिएपछि धेरैलाई चासो भइरहेको छ । प्राणीशास्त्री एवम् वातावरण क्षेत्रका जानकार रामचन्द्र अधिकारीले हारा प्रजातिको माछा हुनसक्ने बताउनुभयो । उहाँले फिल्डमै पुगेर माछाको अनवलोकन नगर्दासम्म यकिन हुन नसक्ने बताउनुभएको छ । नेपालका लागि यो नयाँ प्रजाति मानिए पनि भारत र चीनमा पाइने प्रजातिमा पर्ने अधिकारीको भनाइ छ ।

उहाँका अनुसार आईयूसीएनले यो प्रजातिलाई लिस्ट कन्सर्न अर्थात् लोप हुन लागेको वा खतराको सूचीमा परेको भन्ने वर्गीकरण नगरेका प्रजातिको वर्गमा राखेको अधिकारीले बताउनुभयो । यसको नौ प्रजाति हुने उहाँको भनाइ छ