विश्वभर २४ घण्टामा थपिए २ लाख ७५ हजार कोरोना संक्रमित

image शुक्रबार​, श्रावण ९ २०७७
image

काठमाडौं, साउन ९ : विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार कोरोना संक्रमित थपिएका छन्। यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५६ लाख नाघेको छ ।

जसमध्ये ९५ लाख बढी संक्रमित उपचारपछि निको भएका छन् भने झण्डै ५५ लाख संक्रमित उपचार गराइरहेका छन्। त्यस्तै २४ घण्टामा विश्व्भर ६ हजार वढीले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ लाख ३६ हजार पुगेको छ । 

सबैभन्दा धेरै अमेरिकामा ६८ हजार संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ४१ लाख ६९ हजार पुगेको छ। ब्राजिलमा ५८ हजार, भारतमा ४८ हजार, दक्षिण अफ्रिकामा १३ हजार, मेक्सिकोमा ६ हजार, रसियामा ५ हजार र पेरुमा ४ हजार ५ सय जना संक्रमित थपिएका छन्।  

यस्तै २४ घण्टामा ब्राजिलमा १ हजार ३ सय १७, अमेरिकामा १ हजार १ सय १२, भारतमा ७ सय ५५, मेक्सिकोमा ७ सय ९०, पेरुमा १ सय ९९, दक्षिण अफ्रिकामा १ सय ५३ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ।