विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु

image सोमबार, आषाढ २२ २०७७
image

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ ।सोमबार बिहान यो समाचार तयार पार्दा सम्म ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड १५ लाख ५५ हजार २८० जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७५ हजार ४९९ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।यो समाचार तयार पार्दासम्म ६५ लाख ३१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।