आदर्श च्यालेञ्ज कपः उपाधिका लागि बिर्तामोड र मानेभञ्ज्याङ भिड्दै

image आँखा समाचारदाता शनिबार, बैशाख २२ २०८१
image


बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन्  ।   
यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५-४ ले र मानेभञ्ज्याङले आयोजक आदर्श क्लबलाई २-० ले पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख, तथा उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका सचिव दुर्योधन सिंह देवले बताए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, गोलरक्षक, स्ट्राइकर, प्रतियोगिताको उत्कृष्ठ खेलाडी र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
बैशाख १५ गतेदेखि जारी प्रतियोगितामा भारतका दुुईसहित ८ टीमको सहभागिता रहेको थियो । त्यसैगरी,  फाइनल खेलको अवसरमा नेपाली राष्ट्रिय महिला टीमका कप्तान एन्जिला तुम्बापो सुब्बालाई विषेश सम्मान सहित अन्य सम्मानका कार्यक्रम रहेको प्रतियोगिता आयोजक समितिका संयोजक मनेष दाहालले जानकारी दिए ।