चारआली –भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्याक्टर ठोक्कीदा सात जना घाइते

image आँखा संम्वाददाता बुधबार, बैशाख ५ २०८१
image

भद्रपुर ,५ बैशाख ।  मेची राजमार्ग अन्तरगत चारआली –भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्याक्टर एक आपसमा ठोकिएको छ ।  आज बुधबार दिउँसो ४ बजे चन्द्रगढीबाट यात्रु लिएर  चारआलीतर्फ जाँदै गरेको प्र १ ०१ ००१ ज ३६५८ नम्बरको म्याजिक भ्यान र चन्द्रगढीतर्फ आइरहेको प्र ०१ ००१ त ९६४७ नम्बरको ट्याक्टर भद्रपुर  १० स्थित छाता चोक नजिकै एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी म्याजिक भेनमा सवार चालक सहित ७ जना  घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परी म्याजिक चालक भद्रपुर ३ निवासी सुरेशन श्रेष्ठ, नवलपरासी १ का बर्ष २७ बर्षिय पर्वत पोखरेल, चितवन २८को २६ बर्षिय समिरा कुमाल, भद्रपुर २ को पवित्रा आले, तनहुं पोखरी भन्ज्याङको ५२ बर्षिय छबि राना,  नवलपरासी १ को शम्भुसिंह थापा घाइते भएका छन् । जस मध्ये छबि राना  गम्भीर रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेकाहरुको उपचारका लागि ओमसाईअस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संमलग्न सवारी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।