पेट्रोलको मुल्य बढ्यो

image आँखा संम्वाददाता सोमबार, चैत्र १९ २०८०
image

भद्रपुर – नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैँयाले बढाएको छ । निगम संचालक समितिको आज बसेको बैठकले राति १२ बजेपछि लागुहुने गरी पेट्रोलको मुल्य ४ रुपैँया बढाएको हो ।

पेट्रोलको मुल्य बढाएसँगै राजधानीमा पेट्रोलको मुल्य १७५ रुपैँया पुगेको छ । अन्य पेट्रोलियम पदार्थको मुल्य भने यथावत राखिएको निगमले जनाएको छ ।