झापाको भद्रपुरमा मनाइयो, कर्मचारी संगठनको ३४ औ स्थापना दिवस

image आँखा समाचारदाता शुक्रबार​, बैशाख ७ २०८१
image

भद्रपुर,७ बैशाख । नेपाल निजामती कर्मचारी संगठनको ३४ औ स्थापना दिवस आज झापाको भद्रपुरमा मनाइएको छ । संगठनका कार्यवाहक अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहिदहरुको तस्वीरमा माल्यारपण गरी मनाइएको हो । 
स्थापना दिवसको अवसरमा बोल्दै न्यौपानेले निजामती कर्मचारीहरु जति धेरै अनुशासीत र बफादार बन्छन त्यति नै देश विकासको बाटो तर्फ वढने औल्याउनुभयो /

कार्यक्रममा प्रदेश इन्चार्ज लक्ष्मी गुरागाइ,केन्द्रिय सदश्यहरु तेजु रेग्मी, छविलाल ढकाल तथा वाशिष्ठ अधिकारी, सिता भण्डारी, शसी पनेरु, माधव प्रसाद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।