राजस्थानसँग पन्जाबको हार

image आँखा समाचारदाता शनिबार, बैशाख १ २०८१
image

एजेन्सी –  राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा  पन्जाब किङ्सलाई ३ विकेटले हराएको छ ।एक सय ४८ रनको लक्ष्य पछएको राजस्थानले १९.५ ओभरमा ७ विकेटको क्षेतिमा १ सय ५२ रन जोड्दै जित दर्ता गरेको हो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ४७ रन बनाएको थियो । ६ खेलपछि राजस्थान १० अंकका साथ शीर्षस्थामा छ । दोस्रो स्थानको कोलकाता नाइट राइडर्ससहित ५ टोलीको समान ६ अंक छ । १० टोलीको सहभागिता रहेको आइपिएलमा ४ अंकसहित पन्जाब आठौं स्थानमा छ ।