भद्रपुरमा आज देखि रात्रिकालिन फुटवल हुने

image आँखा संम्वाददाता शुक्रबार​, चैत्र २३ २०८०
image


भद्रपुर,२३ चैत्र । झापाको भद्रपुर ९ मा आजदेखि रात्रिकालिन फुटवल प्रतियोगिता हुने भएको छ । भद्रपुर ९ स्थित जिवनज्योती आधारभुत विध्यालयको खेल मैदानमा दैनिक ३ खेल आयोजना गरीने आयोजकका कर्ण लिम्बुले वताउनुभयो ।

व्रदर्श युनाइटेड क्लव भद्रपुर ९ को आयोजनामा हुन लागेको वडा स्तरीय नकआउट खेलहरुमा अन्डर १४ जुनियर र सिनियर खेलाडीहरु विच खेल हुने आयोजकले जनाएको छ । आजको पहिलो खेल वडा न २ र ४ विच साझ ६ वजे हुनेछ भने अन्य दुइ खेल ७ र ८ वजे हुने लिम्वुले वताउनुभयो ।  आज वाट शुरु खेल वैशाख १ गते सम्म संचालन हुनेछ ।