भद्रपुर नगरपालिकाले दियो सहकारी संस्थाहरुलाई तालिम

image आँखा संम्वाददाता मङ्गलबार, चैत्र २७ २०८०
image

भद्रपुर,२७ चैत्र ।झापाको भद्रपुर नगरपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुलाई क्षमता विकास तथा संस्थाको लेखा व्यवस्थापन (copomis and pearls)  सम्बन्धी तालिमको  उट्घाटन गरिएको छ ।  

आज मंगलबार आर्थिक विकास समितिका संयोजक प्रशंसा ठटालको अध्यक्षता, भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता, उप-प्रमुख राधा कार्कि , प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौला , सूचना प्रविधि शाखा प्रमुख, सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा तालिमको उट्घाटन भएको हो  ।

सो तालिम चैत्र ३० गते सम्म संचालन हुनेछ । कार्यक्रमको संचालन सहकारी विकास शाखा प्रमुख नेत्र प्रसाद पोखरेलले गर्नु भएको थियो ।