भद्रपुरका १५० जनालाई लोक सेवा र शिक्षा सेवा तयारी कक्षा तालिम

image आँखा समाचारदाता मङ्गलबार, बैशाख ४ २०८१
image

भद्रपुर । भद्रपुर नगरपालिकाले लोकसेवा र शिक्षा सेवा अयोगको तयारी कक्षा सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको आर्थिक सहयोग र नोभा एजुकेसन फाउन्डेसनको आयोजनामा नगर क्षेत्रका १५० जनालाई तयारी कक्षा तालिम दिइएको नगरपालिकाकी सामाजिक शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन् । 

गत फागुन ५ गतेबाट शुरु भएको ५० दिने उक्त तालिमको मंगलबार वीरेन्द्र माविको सभा हलमा समापन गरिएको छ । फाउन्डेसनका संस्थापक अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल थिए । नगर प्रमुख पोखरेलले लोकसेवा र शिक्षा सेवाको तयारी कक्षाले लोकसेवा र शिक्षा सेवामा सफलता मिल्ने विश्वास व्यक्त गरेका छन् । 

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाको विशेष आतिथ्य रहेको थियो भने सामाजिक विकास संयोजक सीता गुरागाईँ, वीरेन्द्र नमुना क्याम्पसका प्रमुख विवेक पोखरेल, वीरेन्द्र माविका प्रअ खिलराज कोइराला, नेल्टा झापा अध्यक्ष धर्मेन्द्र भट्टराई लगायतको आतिथ्य रहेको थियो