राष्ट्र सेवकद्धारा भद्रपुरका ३ वटा वार्ड कार्यलयलाई डस्विन वितरण

image रेवतीराज घिमिरे आइतबार​, चैत्र १८ २०८०
image

भद्रपुर १८ चैत । राष्ट्र सेवक बचत तथा ऋण सहकारि संस्था लि भद्रपुर झापाले संस्थाको रजत जयन्तीको अबसरमा भद्रपुर नगरपालिका भित्रका ३ वटा वार्ड कार्यलयलाई  प्लास्टिकका डस्विन वितरण गरेको छ ।

अध्यक्ष वशिष्ठ अधिकारिको नेतृत्वमा वार्ड न ७ , ८ र १० न वार्डका वार्ड कार्यालयमा पुगेर सहकारि संचालकहरुको टोलिले ३० थान डस्विन संवन्धित वार्डका अध्यक्ष लाई  आईतवार आयोजित कार्यक्रममा वितरण गरिएको  हो ।

अध्यक्ष अधिकारिले सहकारिको सामाजिक उतरदायित्व कार्यक्रम  अन्तरगत वार्ड सरसफाई गर्न सहज पुग्ने उदेश्यले वार्ड न ७ र १० मा ८।८ थान गरि जम्मा १६ थान तथा वार्ड न ८ मा १४ थान  सहित जम्मा  ३० थान डस्विन वितरण गरिएको  बताउनु भयो ।
भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको उपस्थीतिमा वार्ड  न ७ का वार्ड अध्यक्ष अभिषेख ढुङ्गाना तथा ८ का वार्ड अध्यक्ष मनोज सुब्बा र १० अध्यक्ष टेकबहादुर खड्का काजिलाई सो सामग्री हस्तान्तरण गरिएको  अनुज खतिवडाले जानकारी दिनुभयो  ।