मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

image आँखा संम्वाददाता शनिबार, पौष २८ २०८०
image

झापा, पुष २७ । झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा झापा गाउँपालिका–५ निवासी ३२ वर्षीय गुना राजवंशीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापा–६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडकखण्डमा शुक्रबार साँझ ५ः५० बजेको समयमा बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकलयात्री राजवंशीलाई ठक्कर दिएको थियो।

घाइते राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्कर दिने मोटरसाइकल र चालक ललितपुर सातदोबाटो निवासी दीपक शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शंकर दाजुको घरमा पाहुना आएका थिए।