स्नातकोत्तर अध्ययनका लागि मेची क्याम्पस र जापानको केसीजिआई कलेजबीच सम्झौता

image आँखा समाचारदाता बिहीबार, पौष २६ २०८०
image

भद्रपुर, पौष २६ गते  । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस र जापानको क्योटो कलेज अफ ग्रेजुएट स्टडीज फर इन्फर्मेटिक्स (केसीजिआई) बीच स्नातकोत्तर अध्ययनका लागि सम्झौता भएको छ ।

क्याम्पसमा आयोजित शैक्षिक परामर्श कार्यक्रम पश्चात् क्योटो कलेज अफ ग्रेजुएट स्टडीज फर इन्फर्मेटिक्सका प्रोफेसर डा. ग्यारी होइची सुचिमोची र मेची बहुमुखी क्याम्पस प्रमुख जीवन पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली विद्यार्थी अध्ययनका लागि जापान एकदमै उत्तम गन्तव्य र पढाइ पश्चात् रोजगारीको सुवर्ण अवसर रहेको केसीजिआई कलेजका प्रोफेसर डा. सुचिमोचीले बताए ।

 त्यस्तै केसीजिआई कलेजका व्याख्यान र शैक्षिक संयोजक आनन्द नेपालले यस सम्झौताले नेपालबाट जापानमा स्नातकोत्तर पढ्न चाहने विद्यार्थीका लागि कोसेढुङ्गा साबित हुने बताए । अध्ययन पश्चात् विद्यार्थीहरूले आफ्नै आइटी कम्पनी खोल्न सक्ने र यस कम्पनी मार्फत अरूलाई रोजगार दिन सक्ने उनको भनाई छ ।

स्नातकोत्तरमा एआई सम्बन्धी र अन्य आईका विविध विषय सम्बन्धी पढ्न साथै विद्यार्थीलाई पहिलो वर्ष सय प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनले बताए । शैक्षिक परामर्शमा कार्यक्रममा बीएससी, सीएसआईटी, बीइए र एचआईएममा अध्ययनरत विद्यार्थीहरूको बाक्लो उपस्थित रहेको जापनिज भाषाका जानकार तुलसी पाठकले जानकारी दिए ।TOP