झापा प्रहरीद्वारा २६ जना फरार प्रतिवादी पक्राउ

image आँखा संम्वाददाता आइतबार​, पौष २९ २०८०
image

झापा, पुष २९ । झापा प्रहरीले एक महिनामा २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।पुष महिनामा त्यति फरार प्रतिवादी पक्राउ परेका हुन् । अदालतहरुबाट बिभिन्न मितिमा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मातहत प्रहरी कार्यालयहरुसंग समन्वय गरी फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले ती प्रतिवादीबाट १८ बर्ष ४ महिना २३ दिन कैद तथा ५० लाख ४२ हजार ६७७ रुपैयाँ जरिवाना असुलउपर भएको जानकारी दिए ।