सुनको मूल्य तोलाको १ लाख २० हजार नाघ्यो

image आँखा समाचारदाता आइतबार​, मङ्सिर १७ २०८०
image

काठमाडौं- सुनको मूल्य एकै दिन १८ सयले बढेर तोलाकै १ लाख २० हजार नाघेको छ। आज आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो। आज चाँदी पनि तोलामा हालसम्मकै उच्च १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।