चन्द्रगढी सेवा समाजको चौथो साधारणसभा सम्पन्न

image आँखा संम्वाददाता शनिबार, मङ्सिर १६ २०८०
image

भद्रपुर, मंसिर १६ । भद्रपुर– १० स्थित चन्द्रगढी सेवा समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाको बार्षिक गतिविधि तथा साँगठनिक प्रतिवेदन बरिष्ठ उपाध्यक्ष नयाँनाथ पाण्डेले प्रस्तुत गरेका थिए भने नगर प्रमुख पोखरेलले समाजको नयाँ भवन निर्माणका लागि समितिले बनाउने योजनाका आधारमा नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा सेवा समाजको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने जग्गादाता अमरबहादुर कार्की, नगरपालिकाकी उपप्रमुख राधा कार्की, भद्रपुर– १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सहिद चोक टोल विकास संस्थाका अध्यक्ष ढाकालाल अधिकारी, सल्लाहकार सदस्य रामप्रसाद दवाडीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका संरक्षक सदस्य दम्पत्ति होमनाथ घिमिरे र पुष्पा घिमिरेले नगद ३० हजार जेहेन्दार छात्रवृत्ति वितरण गर्न सहयोग गरेका थिए ।

अधिकारीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सहसचिव युवराज न्यौपाने र स्वागत उपाध्यक्ष देवीमाया अधिकारीले गरेका थिए ।