नोभेम्बर महिनामा एक लाख आठ हजार ६३० पर्यटक नेपाल भित्रिए

image आँखा समाचारदाता शुक्रबार​, मङ्सिर १५ २०८०
image

काठमाडौं । नेपालमा नोभेम्बर महिनामा एक लाखबढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६३० पर्यटक नेपाल भित्रिएका हुन् । 

सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार ३०२ पर्यटक नेपाल आएका थिए । सो समयको तुलनामा पर्यटक आगमन ८३.३६ प्रतिशतले रिकभर भएको बोर्डले जनाएको छ ।

२०२० को नोभेम्बरमा एक हजार ९५६, २०२१ को सोही महिनामा २६ हजार १३५ र २०२२ नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए ।

सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । यस महिनामा २४ हजार ४४३ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । भारतपछि यूएसएबाट ११ हजार ४६१ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । 

चीन तेस्रो स्थानमा रहेको छ । चीनबाट सात हजार ६०१ पर्यटक नेपाल आएका छन् । बेलायतबाट ६ हजार १३८, अष्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्यान्डबाट तीन हजार ९६२ पर्यटक नेपाल आएका छन् ।