झापामा बैंकका कर्मचारीमाथि भएको धरपकडप्रति बैंकरहरुले आपत्ति

image आँखा संम्वाददाता बुधबार, मङ्सिर २० २०८०
image

झापामा बैंकका कर्मचारीमाथि भएको धरपकडप्रति बैंकरहरुले आपत्ति जनाएका छन् । मंगलबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक विर्तामोड, झापा शाखामा कार्यरत कर्मचारीमाथि व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले धरपकड गरेका थिए ।

त्यसपछि समयमै प्रहरीले प्रसाईंका कार्यकर्तालाई पक्राउ गरेर सम्भावित जाेखिमबाट बचाएकाे थियाे । आज नेपाल बैंकर्स संघ, डेभलपमेन्ट एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले दोषीहरुलाई कारवाही गर्न माग गरेको हो । 

‘आफ्ना ग्राहकहरुलाई सेवा–सुविधा प्रदान गर्न भूकम्प, कोभिडलगायत विषम परिस्थितीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुर्व्यवहार अत्यन्त निन्दनिय छ ।’ विज्ञप्तिमा भनिएको छ।

वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका गर्न जिम्मेवार नियकायहरुलाई ध्यानाकर्षण गराएका छन् । साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

undefined