रन्जिताको ‘धोकाभयो’ सार्वजनिक

image आँखा समाचारदाता मङ्गलबार, श्रावण ९ २०८०
image

झापा /  इटहरी निवासी रन्जिता प्रसाईंको स्वरमा रहेको ‘धोकाभयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास  कार्कीको शब्द रचनामा गीत तयार गरिएको हो ।विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३ एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो ।गीतलाई गायिका प्रसाईंको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईंले बताइन् ।गीतमा धोका पाएपछिको वेदना पोखिएको र अहिलेका युवा पुस्तालाई लक्षित गरिएको बताइएको छ ।प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ।गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ ।

माया प्रेममा परेका प्रेमिलजोडीहरु विछोडिँदाअप्रिय घटनाहरु भैरहेका भावनाहरु गीतमा पोखिएको छ ।स्यान्डिकुमार पन्डितको छायाँकन, एसडी हाउसको सम्पादन तथा सुवास शाहको गीतमा निर्देशन छ ।गीतमा गायिका प्रसाईंसहित उनको प्रेमीका रुपमा कलाकार समीप निरौलाले अभिनय गरेका छ्न् ।