‘बसाइँ’ उपन्यास बंगालीमा

image आँखा समाचारदाता मङ्गलबार, श्रावण ९ २०८०
image

झापा — चर्चित नेपाली उपन्यास ‘बसाइँ’ बंगाली भाषामा अनूदित भएको छ । यसअघि अंग्रेजी, चिनियाँ, हिन्दी र असमिया भाषामा प्रकाशित भइसकेको छ । 

प्रतिष्ठित ‘पद्मश्री’ सम्मान र साहित्य अकादमी पुरस्कार विजेता नेपाली साहित्यकार लीलबहादुर क्षेत्रीको उक्त उपन्यासलाई भारतकै चर्चित कवि तथा अनुवादक बिलोक शर्माले ‘वास्तुहारा’ शीर्षकमा अनुवाद गरेका छन् ।

लीलबहादुर क्षेत्री ट्रस्ट, गुवाहाटीले प्रकाशित गरेको उक्त कृति गत आइतबार गुवाहाटीस्थित कटन विश्वविद्यालयमा विमोचन गरिएको थियो ।

भाषा संस्कृति तथा कला केन्द्र, कटन विश्वविद्यालय र इन्द्रेणी प्रकाशनको सह–आयोजनामा दुई दिनसम्म राष्ट्रव्यापी नेपाली कवि गोष्ठी समेत सञ्चालन भएको थियो ।