म्यानयु एफ ए कपको फाइनलमा

image आँखा समाचारदाता आइतबार​, बैशाख १० २०८०
image

११ बैशाख । म्यानचेष्टर युनाइटेड एफ ए कप फुटबलको फाइनलमा पुगेको छ । गएराती लण्डनमा भएको फाइनलमा ब्राइटनलाई पेनाल्टी सुटआउटमा हराउँदै म्यानयु एफ ए कप फुटबलको फाइनलमा पुगेको हो । 
वेम्ब्ले स्टेडियममा दुबै टिमले निर्धारित समयमा गोल रहित बराबरी खेलेपछि भएको पेनाल्टी सुटआउटमा म्यानयुले ब्राइटनलाई ७–६ गोलले पराजित गरेको थियो । 
यसअघि एफ ए कपकै शनिबार राती भएको पहिलो सेमिफाइनल खेलमा म्यानचेष्टर सिटीले सेफिल्ड युनाईटेडलाई हराएर फाइनलको यात्रा तय गरेको थियो । अब दुबै टिमवीचको फाइनल खेल जुन ३ मा हुने छ । 
यसैगरी गएराती प्रिमियर लीग फुटबलमा न्यु क्यासलले टोटनह्यामलाई ६–१ गोलले हराएको छ । जितसँगै न्युक्यासल ५९ अंकसहित तेश्रो स्थानमा उक्लिएको छ ।  यस्तै गएरातीकै अर्को खेलमा वेष्ट ह्यामले बर्नमाउथलाई ४–० गोलले हराएको छ ।