हल्दिबारी २ का निवर्तमान वडाध्यक्ष राजेन्द्र योङ्हाङको निधन

image आँखा समाचारदाता बुधबार, भाद्र २९ २०७९
image

झापा , भदौ २९ । हल्दिबारी गाउँपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष . राजेन्द्र योङ्हाङको निधन भएको छ ।चितवनको भरतपुर क्यान्सर हस्पिटलमा उपचारको क्रममा उनको गएराति १०.४५ बजे निधन भएको हो । ५१ वर्षिय योङ्हाङलाई ब्लड क्यान्सरको समस्या रहेको थियो । राति निधन भएका योङ्हाङको शव घरतिर ल्याउने काम भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।उनी नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा हल्दिबारी इन्चार्ज रहेका थिए ।