झापामा ३५ वर्षीया महिला बलात्कृत, एक युवक पक्राउ

image आँखा संवाददाता बुधबार, भाद्र २९ २०७९
image

झापा , भदौ २९ । झापामा एकजना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् ।ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले विर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई मंगलबार पक्राउ गरेको छ ।

दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ