झापाबाट २७ खेलमा ४४९ खेलाडी छनोट

image आँखा संवाददाता सोमबार, भाद्र १३ २०७९
image

भद्रपुर,भदौ १३ । आसन्न नवौं राष्ट्रिय खेलकुद र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको सोमबार औपचारिक समापन गरिएको छ ।

मेची रंगशालाको कभर्डहलमा आयोजित एक समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रतियोगिताको औपचारिक समापन गरेका हुन् । यसअघि भदौ ४ गते प्रदेश नं १ को खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले प्रतियोगिता उद्घाटन गरेका थिए ।

५९ औ राष्ट्रिय खेलकुद परिषद दिवसको समेत अवसर पारेर आयोजना गरिएको समापन समारोहमा प्रजिअ रिजालले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै खेलकुद देशको पहिचानको महत्वपूर्ण आधारस्तम्भ भएकोले खेलकुदलाई सबै क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने धारणा राखे । उनले खेल र खेलाडीलाई साधन–स्रोत र सुविधा यथोचित ढंगले उपलब्ध गराउन सक्दा मात्र अपेक्षित प्रतिफल प्राप्त हुने बताए ।

समापन समारोहको अध्यक्षता गरेका झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले छनोट प्रतियोगिताको समग्र गतिविधिबारे जानकारी गराउँदै सीमित स्रोत–साधनका बावजुद भव्य रुपमा छनोट प्रतियोगिता आयोजना गरी सफलतापुर्वक सम्पन्न गरिएको बताए । उनले खेलाडीको छनोट निष्पक्ष र प्रतिस्पर्धात्मक ढंगबाट होस् भन्ने उद्देश्यका साथ सबै विधाका खेलको समिति निर्माण गरी संयोजक तोकिएको पनि बताए ।
कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन र समितिका कार्यालय सचिव विष्णुकुमार नेम्वाङले स्वागत गरेको समारोहमा समितिकी उपाध्यक्ष गंगा कोइरालाले अतिथिहरुलाई खादा–माला पहिर्याएर स्वागत गरेकी थिइन् ।

सोही अवसरमा झापा जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षकको रुपमा लामो समय सेवा पुर्याएर सेवानिवृत्त भएका दुईजना प्रशिक्षकलाई सम्मान गरिएको थियो । झापामा हक्की खेललाई जीवन्त राख्न र हक्कीका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदीप श्रेष्ठलाई सम्मान गरिएको हो । उनीहरुलाई समारोहका प्रमुख अतिथि प्रजिअ रिजाल, नयाँ श्रीनाथ गणका प्रमुख सेनानी फडेन्द्र थापा, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्कीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले सम्मानपत्र वाचन गरेका थिए ।
यसअघि खेलकुद परिसर सरसफाइ गर्नुका साथै मेची रंगशालाको वरिपरि बृक्षरोपण गरिएको थियो ।

झापामा छनोट भएका खेलाडीले यही भदौ २४ देखि असोज ८ गतेसम्म सञ्चालन हुने १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन् । त्यसका लागि झापाबाट ४४९ खेलाडी छनोट भएको समितिका कार्यालय सचिव नेम्बाङले जानकारी दिए । छनोटमा परेका खेलाडीलाई समितिले जर्सीका साथै अन्य आवश्यक सामग्री उपलब्ध गराउने छ । छनोटमा परेका खेलाडीलाई आवश्यकता अनुसार क्लोज–क्याम्पमा अभ्यास गराइने पनि उनले जानकारी दिए ।
प्रदेशमा सहभागिता जनाउने खेल र खेलाडीको विवरण

फुटबल ः
झापाबाट फुटबलका महिला र पुरुषको टिम तयार भएको छ । खेल संयोजक वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’का अनुसार पुरुष फुटबल टिममा देवान भुजेल र विकल्प पौडेल गोलकिप्परका रुपमा छनोट भएका छन् भने फरवार्डमा प्रदीप बुढाथोकी, अभिषेक श्रेष्ठ, समुएल तामाङ र शान्तिराम बस्नेत, मिडफिल्डरमा मिलन राई, सौगात गोम्देन, सुरज नेम्बाङ र जेम्स लिम्बू तथा डिफेन्समा विकास राई, प्रमोद चौधरी, दिनेश मुर्मू, दिवस उराउ, कृष्ण गिरी र पेमा तामाङ छनोट भएका छन् । महिलातर्फ गोलकिप्परमा रञ्जु राजवंशी र जसोदा लावती, फरवार्डमा ममता राउत, लक्ष्मी श्रेष्ठ, रोशिका राय, मिडफिल्डरमा गंगामाया राई, सञ्जना राई, मुना भुजेल र सकुन्तला राई तथा डिफेन्समा छत्रिका चौधरी, सुस्मिता चौधरी, ईश्वरी राई, शिवानी भुजेल, सरस्वती दाहाल र वर्षा मगर छनोट भएका छन् ।

भलिबल ः
पुरुष भलिबलतर्फ विमान खड्का, रोमन बस्नेत, राजन लिम्बू, रोहित शिवाकोटी, पुकार तामाङ, रविन गौतम, गणेश कटुवाल, कुमार कटुवाल, अनिष निरौला, सुमन राना मगर, भरत यादव, सुजन बुढाथोकी, लीला डाँगी, कृष्ण तामाङ, आकाश नेपाली र प्रकाश लावती चयन भएका छन् भने महिलातर्फ झरना राजवंशी, पवित्रा डाँगी, सुन्यता मगर, रेजिना पन्धाक, नुमा लावती, पूजा सुवेदी, प्रसन्ना बोहोरा, नेहा बोहोरा, प्रशान्ति श्रेष्ठ, निकिता भट्टराई, तानिया राई, मञ्जु मावो, हिरा खड्का र प्राची गौतम चयन भएको प्रशिक्षक हेमा थापाले जानकारी दिइन् ।

क्रिकेट ः
क्रिकेट पुरुषतर्फ अंकित सुवेदी (कप्तान), भुपालकुमार दंगाल (उपकप्तान), सुजन थपलिया (विकेट किपर), समिर कार्की, मनोज तामाङ, प्रमिश श्रेष्ठ, अनिल लामिछाने, कमल खत्री, प्रनिश विमली (विकेट किपर), सोजनप्रसाद घिमिरे, ज्ञानेन्द्र श्रेष्ठ, विपिन महतो, आशिक राना मगर र अध्यास तिम्सिना छनोट भएको क्रिकेट संघका अध्यक्ष प्रविन थापाले जानकारी दिए ।

कबड्डी
कबड्डी पुरुषतर्फ अमृत मेचे, देवप्रकाश प्रधान, धिरज चौधरी, प्रविन राजवंशी, सरमान मेचे, कृष्ण राजवंशी, गिरी राजवंशी, प्रशान्त चौधरी र डम्बरकुमार श्रेठ छनोट भएका छन् भने महिलातर्फ राधिका कुमाल, विपना आङदेम्बे, सविना तामाङ, दिपिका आङदेम्बे, मुनाहाङ राई, विनिता माझी, मुना बस्नेत, मनमाया तामाङ, गंगा संग्रौला र पेमा डोल्मा तामाङ छनोट भएको प्रशिक्षक रतिया राजवंशीले जानकारी दिए ।

खो–खो
खो–खोअन्तर्गत पुरुषतर्फ कुशल मेचे, खड्ग राजवंशी, अभिषेक राजवंशी, आदर्शकुमार सहनी, सन्तोष थापा, विवेक थापा, ओमप्रकाश गिरी, आदित्य चौधरी, अभिषेक तामाङ, संयोग लिम्बू, एविन भुजेल र रञ्जित राय छनोट भएका छन् भने महिलातर्फ निकिता मण्डल, मुना दर्जी, संगीता किस्कू, विनिशा मगर, मोसिमिका राजवंशी, जुनु तामाङ, विन्दा राई, रजनी बजगाईं, जानुकादेवी राजवंशी, पूजा माझी, अमिता न्यौपाने र सेलिना लावती छनोट भएको प्रशिक्षक जयप्रकाश राजवंशीले जानकारी दिए ।

एथलेटिक्स
मेची रंगशालामा सम्पन्न एथलेटिक्सको नतिजा अनुसार महिलातर्फ १०० मिटरमा हिमा पौडेल र सविना चौहान, २०० मिटरमा निशा माझी र रेनुका गौतम, ४०० मिटरमा विष्णु चम्लागाईं र दिया बराल, ८०० र १५०० मिटरमा सुस्मिता राई, ५००० मिटरमा सलिना तामाङ र सविना चौहान छनोट भएका छन् भने लङजम्पमा रेनुका गौतम र सविना चौहान, ट्रिपलजम्पमा सविना चौहान, सटपुट र डिस्कसथ्रोमा कञ्चन विमली, ज्याभलिन थ्रोमा सलिना तामाङ, हाइजम्पमा रेनुका गौतम र सविना दर्नाल छनोट भएका छन् भने पुरुषतर्फ १०० मिटरमा विनय धिमाल र राजिव ढुंगाना, २०० मिटरमा प्रजे तामाङ र विनय अधिकारी, ४०० मिटरमा लीला भित्रीकोटी र विनय अधिकारी, ८०० मिटरमा प्रेम तामाङ र पवनकुमार शाह, १५०० मिटरमा प्रेम तामाङ र मेघराज राई, ५००० मिटरमा सरोज सिंह र सुखदेव टुडु, १० हजार मिटरमा सरोज सिंह र अनिल हेमरम तथा २१ किलोमिटरमा मेघराज राई छनोट भएका छन् भने लङजम्पमा राजिव ढुंगाना र मुकेश चौधरी, ट्रिपलजम्पमा राजिव ढुंगाना र विशाल टुडु, हाईजम्पमा विशाल टुडु र प्रजे तामाङ, ज्याभलिनमा शुकराज तामाङ र सुमन दर्जी, सटपुटमा प्रवेश धिमाल, डिस्कसथ्रोमा प्रेम तामाङ र अभिषेक राजवंशी छनोट भएको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए ।

हक्की ः
हक्की पुरुषतर्फ मनोज चौधरी, सन्तोष बेस्रा, दिपक खतिवडा, कृष्ण तामाङ, विशाल चौधरी, राजु राजवंशी, रिसब चौधरी, नरेश मगर, रोशन श्रेष्ठ, अनिकित प्रधान, शिवजी मगर, किशु मगर, विष्णु घिमिरे, सुदीप चौधरी, कैलाश शिवाकोटी, गोरव कार्की, विवेक राजवंशी र कृष्ण लुइँटेल छनोट भएका छन् भने महिलातर्फ सिर्जना तामाङ, उषा मुर्मू, रञ्जीता राई, सीमा राई, पूर्णिमा राई, अरुणिमा राजवंशी, अञ्जली पाहान, मनिका समरिया, करुणा चम्लागाईं, शान्ति कार्की, अस्मिता माझी, सविना दर्नाल, रजिता दंगाल, रोमा ऋषिदेव, रञ्जना राजवंशी, प्रिष्किला मगर, विष्णु जोगी र नूमा आङ्देम्बे छनोट भएको प्रशिक्षक ज्ञानेन्द्र खड्काले जानकारी दिए ।

बास्केटबल ः
बास्केटबलअन्तर्गत महिलातर्फ उपासना क्षेत्री, विपासना बजगाईं, निष्मा कार्की, सुष्मा दाहाल, सपना मावो, प्रतिमा घिमिरे, आशा गुरुङ, ओशिन तामाङ, सोनिया कन्दङ्वा, इन्दु लिम्बू, पुनम लिम्बू र मेनुका भुजेल छनोट भएका छन् भने पुरुषतर्फ प्रतिक गोम्देन, सौगात विश्वकर्मा, उत्सव राजभण्डारी, लवकुमार गजमेर, नियारा लिम्बू, रोनल शाक्य, सुदान्सु लिम्बू, नइनम लिम्बू, किशोर कन्दङ्वा, निमा दोर्जे मोक्तान, रोशित श्रेष्ठ, रोदन गुरुङ, सुरजकुमार मैनाली, सरद न्यौपाने, मौसम विश्वकर्मा, सम्शेर हाङ लिम्बू, सन्दीप लुइँटेल र नुनम कन्दङ्वा छनोट भएको प्रशिक्षक प्रकाश लिङ्देनले जानकारी दिए ।

बक्सिङ ः
बक्सिङअन्तर्गत महिलातर्फ सुस्मिता श्रेष्ठ, सुस्मिता, राई, नरिका राई, सोममाया लिम्बू, त्रिसा जवेगु छनोट भएका छन् भने पुरुषतर्फ धमेन्द्र राई, निश्चल, राजवंशी, निक्मा तामाङ, अविनाश राई, भूगोल लिम्बू, प्रसाहाङ इजम, अभिनय राई, पुकार लिम्बू, सञ्जय हाङसरुम्बा, प्रेम गुरुङ, इशाक जनक शाही छनोट भएको प्रशिक्षक डम्बर सुब्बाले जानकारी दिए ।

कराते (काता, कुमुते)
करातेअन्तर्गतको कातातर्फ पुरुषमा एलन लामा र महिलामा लीला श्रेष्ठ छनोट भएका छन् । कुमुतेतर्फ पुरुषमा युनिस आङदेम्बे, अरुणकुमार लिम्बू, सन्देश मगर, सन्दीप श्रेष्ठ, विक्रम मेचे, सुमन चिमरिया र लक्ष्मण विश्वकर्मा छनोट भएका छन् भने महिलातर्फ सुविक्षा राई, लीला श्रेष्ठ, मथुरादेवी तामाङ ,सारु मगर, अस्मिता कार्की, मेनुका मगर र एलिजा घिमिरे छनोट भएको करातेका खेल संयोजक तथा प्रशिक्षक कालु मेचेले जानकारी दिए ।

तेक्वान्दो
तेक्वान्दोमा सिंगल पुम्सेमा पुरुषतर्फ मौसम आचार्य र महिलातर्फ शिवानी बानियाँ, डबल पुम्सेमा विवेक गिरी र शिवानी बानियाँ, समूह पुम्सेमा शिवानी बानियाँ, विवेक गिरी र भविनचन्द आचार्य छनोट भएका छन् । ग्यारिगी पुरुषतर्फ नितेशकुमार चम्लागाईं, एलिस ठकुरी, सिजन बुढाथोकी, अरुण डाँगी र श्याम धिमाल तथा महिलातर्फ अनुज्ञा सापकोटा, वर्षा दर्नाल, अनिशा शर्मा, जेसिका विश्वकर्मा र सविना लिम्बू चयन भएको प्रशिक्षक जितेन्द्र मेचेले जानकारी दिए ।

आईटीएफ तेक्वान्दो ः
तेक्वान्दोमा लागि पुरुषतर्फ आइतराज लिम्बू, मनिष श्रेष्ठ, विक्रम श्रेष्ठ, श्याम राई, मिसन श्रेष्ठ, सौरभ मोदक, रोशन मगर, सन्देश दर्जी र दिवस मगर तथा पुरुष प्याटर्नतर्फ अनमोल लिम्बू, सक्षम आचार्य, अभिषेक राई र मिसन श्रेष्ठ छनोटमा परेका छन् भने महिलातर्फ प्रतिमा धिमाल, दिव्या राई, मुवि राई, निशा ताजपुरिया, पार्वती राजवंशी र आइसा तामाङ तथा महिला प्याटर्नतर्फ सेन्कु तामाङ, बन्दना श्रेष्ठ, जानुका तामाङ र पार्वती राजवंशी छनोटमा परेको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

जुडो ः
जुडोअन्तर्गत पुरुषतर्फ राम मर्डी, दिपनारायण राजवंशी, देवेन्द्र दाहाल, मंगलु मेचे, निश्चल राई, प्रेम गुरुङ छनोट भएका छन् भने महिलातर्फ झरना श्रेष्ठ, आरजु लिम्बू, अनिता मण्डल, इशा कार्की, श्रेया राना मगर, रीना धिमाल र मनिषा गिरी छनोट भएको मुख्य निर्णायक हेमराज भण्डारीले जानकारी दिए ।

जिम्न्याष्टिक ः
जिम्न्याष्टिकतर्फ दागोल शर्मा, राकेशकुमार यादव, सन्दीप धिमाल, शिवम चौधरी, आयुष नेपाली दर्जी चयन भएको सहायक प्रशिक्षक सुभाष भण्डारीले जानकारी दिए ।

उसु
उसुअन्तर्गत सान्सौ पुरुषतर्फ दुश्यन्त विक, अभिषेक ओली, अजित मेचे, सेवन राई, सृजन मेचे, रोशन गुरुङ, राजिव राई र युनेस राई छनोट भएका छन् भने सान्सौ महिलातर्फ प्रनिशा लावती, पूजा खवास, कञ्चन खवास, दिपाकुमारी गणेश र संगीता दनुवार छनोट भएका छन् । यस्तै थाउलु पुरुषतर्फ अरुण सापकोटा र निकुञ्ज चौधरी तथा महिलातर्फ आशंशा श्रेष्ठ, रिचा श्रेष्ठ र प्रतिमा राई चयन भएको प्रशिक्षक रविन श्रेष्ठले जानकारी दिए ।

भारत्तोलन ः
भारत्तोलनमा महिलातर्फ ४९ केजीमा राधा भुजेल, ५५ केजीमा करिना चौधरी र ५९ केजीमा सोनीदेवी दास छनोट भएका छन् भने पुरुषतर्फ ५५ केजीमा चन्दन मुखिया, ८१ केजीमा प्रसिद्ध भक्तराज लवट, ८९ केजीमा अमिलाल राजवंशी र सञ्जय फुँयल छनोट भएको खेलकुद विकास समितिका कार्यालय सचिव नेम्बाङले बताए ।

ब्याडमिन्टनः
ब्याडमिन्टनतर्फ पुरुषमा नविन सिलवाल, चाणक्य पाठक, जुनु राई, नितेश न्यौपाने र सविन अधिकारी छनोट भएका छन् भने महिलामा दिलकुमारी सुब्बा र जसमाया राई चयन भएको खेल संयोजक हरिप्रसाद तिम्सिनाले जानकारी दिए ।

पौडीः
पौडीअन्तर्गत पुरुषतर्फ सुरेश राजवंशी, प्रारम्भ भण्डारी र जीगडेल लामा तथा महिलातर्फ परिधि भण्डारी र युडेन तामाङ छनोट भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव नेम्बाङले जानकारी दिए ।

सेपाक्ताक्रो ः
यस खेलका लागि पुरुषतर्फ गंगाबहादुर राजवंशी, सुशिल विक, कुशल मण्डल, दीपु राजवंशी र रञ्जित राजवंशी छनोट भएका छन् भने महिलातर्फ दिपिका बस्नेत, निलम राई, रीता लिम्बू, लुङमा इधिंगो र सिना इधिंगो छनोट भएको प्रशिक्षक अर्जुन लम्सालले जानकारी दिए ।

टेबलटेनिस ः
टेबलटेनिसका लागि पुरुषतर्फ निशान खड्का, देउकुमार तामाङ, संगम मगर, सौगात मैनाली र सुलभ राई तथा महिलातर्फ सारिका राई छनोटमा परेको कोच प्रकाश राईले जानकारी दिए ।

आर्चरी ः
अर्चरीको रिकर्भ ३० मिटरमा पुरुषतर्फ साजन सुब्बा, वेदन राई, सञ्जय राई, मोहन मर्डी र जेम्स श्रेष्ठ छनोट भएका छन् भने महिलातर्फ योगिता काम्बाङ, गंगा तुम्बापो, ममता राई, स्मृति उप्रेती, जयेश श्रेष्ठ छनोट भएको आर्चरीका कोच गंगा खड्काले जानकारी दिए । आर्चरी पहिलोपटक समावेश भएको खेल हो ।

बुद्धिचाल (चेस) ः
बुद्धिचालमा पुरुषतर्फ प्रकाश नेपाल र राजन सुवेदी तथा महिलातर्फ खुश्बु थापा र कृतिसरा अधिकारी छनोट भएका छन् ।

शारीरिक सुगठन
शारीरिक सुगठनतर्फ पुरुष फिजिकलतर्फ मंगाला लिम्बू र ओसन राई छनोट भएका छन् भने बडीविल्डिङतर्फ अजय राजवंशी, सन्देश राई, विक्की राजवंशी, विक्रम मावो, युवक खान, रोजेन श्रेष्ठ र रजनी श्रेष्ठ छनोट भएको प्रशिक्षक राम दाहालले जानकारी दिए ।

रग्बी
रग्बी खेलका लागि पुरुषतर्फ पवन खरेल, सुलेमान खान, दुनिश श्रेष्ठ, सुदीप गौतम, सामसद हुसैन, सुशन विष्ट, मञ्जिल कार्की, अभिषेक राई, महमद इसादी र महमद अन्सारी छनोट भएको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

कुस्ती ः
कुस्तीअन्तर्गत पुरुषतर्फ सुदीप तामाङ, राज मेचे, सुनिल श्रेष्ठ, अभिषेक मेचे, पुनेश मेचे, सञ्जय मुण्डा, रुविन शंकर, ममद नौसाद र विशाल बुढाथोकी छनोट भएका छन् भने महिलातर्फ मेनुका पराजुली, उषा राजवंशी, रेणुका राजवंशी, दिया कुँवर र सदीक्षा राई छनोट भएको प्रशिक्षक वेदनिधि भण्डारीले जानकारी दिए ।

साइक्लिङ ः
साइक्लिङमा दिपेन्द्र विक्रम केसी, रविन बस्नेत, प्रदिप खड्का, विशाल भण्डारी, नरेश धिमाल, सागर लुंगेली मगर, अर्जुन बस्नेत, विष्णुकुमार राई चयन भएका छन् ।
सुटिङ ः
सुटिङतर्फ पूर्णबहादुर ताम्लिङ, निर्मल राई, रविन राई, अञ्जली थापा मगर, सिम्रन थापा, शम्भु थापा, भाष्कर खनाल र प्रकाश राई छनोट भएको समितिका कार्यालय सचिव नेम्बाङले जानकारी दिए।