एक्सेल बैंकले ल्यायो कोभिड केयर कर्जा योजना

image आँखा संवाददाता बुधबार, जेष्ठ ५ २०७८
image

बिर्तामोड, जेठ ५ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोगका कारण नागरिककोे स्वास्थ्य उपचारमा सघाउ पु-र्याउने उद्धेश्यले १० लाखसम्मको EDBL’s Covid Care Loan किस्ताबन्दीमा तिर्न सकिने सुविधासहितको नयाँ कर्जा योजना सार्वजनिक गरेको छ ।

संक्रमण फैलन नदिन आवागमन अवरुद्ध भएको तथा बैंकका शाखाहरु नियमित रुपमा संचालन हुन नसकिरहेकोे हालको अवस्थालाई मध्यनजर गर्दै कोभिड केयर कर्जा लिन चाहने ग्राहकहरुले बैंकको website www.edb.com.npमार्फत अनलाइन वा ९८०२७६०६६६ मा मिसकल गरी आवेदन दिन सक्नेछन् ।

कर्जा स्वीकृत वा अस्वीकृत भएको जानकारी ग्राहकलाई १२ घण्टाभित्र उपलव्ध गराई ४८ घण्टाभित्र ग्राहकबाट आवश्यक कागजातहरु लिई प्रक्रिया पुरा गरी उक्त कर्जा प्रदान गरिने बैंकले जनाएको छ । साथै कर्जाको भुक्तानी सम्बन्धित अस्पताल तथा फार्मेसीलाई अनलाइनमार्फत खातामा स्थानान्तरण गर्ने व्यवस्था गरिएको छ ।

यस कर्जा सुविधाअन्तर्गत ग्राहकहरुलाई आफ्नो तथा आफ्नो परिवारको कोभिड उपचार खर्चको ९० प्रतिशतसम्म रकम ६ महिनाको ग्रेस अवधि समेत गरी अधिकतम ५ वर्ष अवधिका लागि मासिक समदर किस्तामा तिर्न सकिने गरी वार्षिक ९.०० प्रतिशत व्याजदरमा सेवा शुल्क ०.५० प्रतिशतमात्र लिई प्रदान गरिने छ ।

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठयारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न र जीवन रक्षामा मद्दत पुग्ने आशा बैंकले गरेको छ ।